क्यानडाका प्रधानमन्त्री ट्रुडो र सोफीबीच सम्बन्धविच्छेद

 साउन १८, २०८० बिहीबार ८:५२:२३ | एजेन्सी
unn.prixa.net

तस्बिर : बीबीसी

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र उहाँकी पत्नी सोफीबीच सम्बन्धविच्छेद भएको छ । प्रधानमन्त्री ट्रुडोले इन्स्टाग्राममा आफ्नी श्रीमतीसँग छुट्टिएको पुष्टि गर्नुभएको छ ।

वैवाहिक जीवनको १८ वर्षपछि जस्टिन ट्रुडो र उहाँकी श्रीमती सोफीबीच सम्बन्धविच्छेद भएको हो । धेरै छलफलपछि एकअर्काको साथ छाड्ने निर्णय गरेको ट्रुडोलाई उद्धृत गरी बीबीसीले जनाएको छ । आफ्नो पोस्टमा उहाँले सम्बन्धविच्छेद भए पनि सधैँ जस्तै परिवार नै रहने उल्लेख गर्नुभएको छ ।

एकअर्काको माया र सम्मानमा कमी नहुने समेत उहाँहरुको भनाइ छ । प्रधानमन्त्रीको पोस्ट श्रीमती सोफीले पनि आफ्नो अकाउन्टमा सेयर गर्नुभएको छ । प्रधानमन्त्री ट्रुडोले क्यानडाका नागरिकलाई यो समयमा आफ्ना बालबालिकाको भलाइका लागि गोपनीयतालाई सम्मान गर्न अपिल समेत गर्नुभएको छ । उहाँहरुका तीन सन्तान छन् ।

इन्स्टाग्राम पोस्टबाहेक प्रधानमन्त्रीको कार्यालयका प्रवक्ता एलिसन मर्फीले दम्पतीले अलग हुने निर्णयमा सबै कानुनी प्रक्रियाहरू पालना गरेको जानकारी दिनुभएको छ । जस्टिन र सोफीले २००५ मे २८ मा विवाह गरेका थिए ।

अन्तिम अपडेट: असार २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया