मलाइकासँगको सम्बन्धका लागि २१ वर्षसम्म प्रयास गर्दा पनि सफल भएन : अरबाज खान

 कात्तिक १३, २०७५ मंगलबार १४:५:२१ | एजेन्सी
unn.prixa.net

अभिनेत्री मलाइका अरोडा खान र अरबाज खान एक अर्कासँग छुट्टिएर अलग–अलग बाटो हिँडिसकेका छन् ।

यी दुवैले आफ्नो जिन्दगीको नयाँ साथी पनि चुनिसकेका छन् । अरबाज खान यतिबेला नयाँ प्रेमिका जर्जिया एण्ड्रियानीका साथ समय बिताइरहेका छन् भने मलाइका अभिनेता अर्जुन कपूरको प्रेममा छिन् ।

यसैबीच अरबाज खानले पहिलो पटक उनको सम्बन्धको बारेमा बोलेका छन् । हालै एक अन्तरर्वार्तामा अरबाज खानलाई आदर्श सम्बन्धको बारेमा सोधिएको प्रश्नमा अरबाजले हाँस्दै भने ‘म यस प्रश्नको जवाफ दिनको लागि सही व्यक्ति होइन ।’ साथै उनले अगाडि भने ‘सुमधुर सम्बन्ध भनेको के हो भन्ने बारेमा मलाई थाहा छैन । मैले मेरो सम्बन्धका लागि २१ वर्षसम्म प्रयास गर्दा पनि कहिल्यै सफल भएन ।’

अरबाजले अगाडि भने ‘जिन्दगीमा २ किसिमका मानिसहरु हुन्छन, जो आफूसँग सबै कुरा भएर पनि अझै धेरै कुरा पाउन चाहन्छन् र सधैँ यो सावित गर्ने प्रयासमा हुन्छन् उनीहरुको जोडी निकै उत्कृष्ट जोडी हो, जो धेरै खुशी छन । र अर्को यस किसिमका हुन्छन् जो आफूहरुसँग जे छ उनीहरु त्यही कुरामा खुशी भएर बस्छन् ।’

यसैगरी उनलाई तपार्इँ बलिउडको त्यस्तो स्टार जोे सम्बन्ध विच्छेदपछि पनि सहज रुपमा एकअर्कालाई लिनुहुन्छ भनेर सोधिएको प्रश्नमा भने, ‘जिन्दगीमा केही कुरालाई समझदारीका साथ लिनु पर्दछ ।’

अरबाज खान यतिबेला उनको फिल्म ‘ज्याक एण्ड जिल’ को प्रमोशनमा व्यस्त छन् । यो फिल्म एक यस्तो श्रीमानको जीवनमा आधारित छ, जसलाई लाग्छ की उसकी श्रीमती उसलाई धोका दिइरहेकी छ । जुन कुरा पत्ता लगाउनका लागि उसले जासूसहरुलाई श्रीमतीको पछि लगाउँछ । यो फिल्म यही नोभेम्बर २ मा रिलिज हुनेछ । 
 

अन्तिम अपडेट: असोज ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया