चिनियाँ अर्बपति ज्याक मा माछापालन र कृषि उद्यममा

 साउन २०, २०८० शनिबार ११:१०:५९ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

चिनियाँ अर्बपति ज्याक मा माछापालन र कृषि उद्यममा लाग्नुभएको छ । विश्वकै ठूला ई–कमर्स मध्येको एक अलिबाबा ग्रुप होल्डिङका संस्थापक एवं पूर्व अध्यक्ष ज्याक मा कृषि उद्यमतर्फ लाग्नुभएको हो ।

चीनको झेजियाङ प्रान्तको राजधानी हाङ्झोउमा '१‍‍.८ मिटर मरिन टेक्नोलोजी' नामक कृषि स्टार्टअपमा ज्याक मा पनि संलग्न रहेको साउथ चाइना मर्निङ पोस्टले उल्लेख गरेको छ । गएको जुलाई २० तारिखमा दर्ता भएको स्टार्टअपको चुक्ता पुँजी एक करोड ५० लाख अमेरिकी डलर छ ।

ज्याक माले लगानी गरेको एग्रो–टेक स्टार्टअपले मत्स्यपालन, जलाचरसम्बन्धी उत्पादन, आहार र प्रशोधनलगायत क्षेत्रमा काम गर्छ । यो व्यवसायमा हङकङमा रहेको १ दशमलव ८ मिटर टेक्नोलोजी होल्डिङ लिमिटेडको ८० प्रतिशत हिस्सा छ । यसको दोस्रो ठूलो १० प्रतिशत हिस्सा आट्र्स एन्ड कल्चर कम्पनी लिमिटेड रहेको छ ।

यही वर्षको मे महिनादेखि टोकियो विश्वविद्यालयमा अध्यापन सुरु गरेका माले त्यहाँ दिगो कृषि र खाद्य उत्पादनबारे अनुसन्धानसमेत गर्ने विश्वविद्यालयले जनाएको छ । ज्याक मा गएको असार दोस्रो हप्ता नेपाल, पाकिस्तानलगायत दक्षिण एसियाली देशहरूको भ्रमणमा निस्किनुभएको थियो । 
 

अन्तिम अपडेट: असार २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया