बङ्गलादेश : वनभोज खाएर घर फर्केकाहरू चढेको डुङ्गा डुब्दा ८ जनाको ज्यान गयाे

 साउन २१, २०८० आइतबार १३:१४:४७ | एजेन्सी
unn.prixa.net

बङ्गलादेशमा वनभोज खाएर घर फर्केकाहरू चढेको डुङ्गा डुब्दा आठ जनाको ज्यान गएको छ ।

राजधानी ढाकाबाट ३० किलोमिटर टाढा रहेको मुन्शिगन्ज जिल्ला भएर बग्ने विशाल पद्मा नदीको सहायक नदीमा शनिवार राति डुङ्गा पल्टिएको नागरिक रक्षा तथा अग्नि नियन्त्रण कार्यालयका ड्युटी अफिसर रफी अल फारुकले बताएका छन् । ‘अहिलेसम्म स्थानीयवासीको सहयोगमा तीन महिला, तीन बालबालिका र दुई जना पुरुषको शव नदीबाट निकालिएको छ’, फारुकले भनेका छन् ।

खोजीमाा संलग्न अधिकारीका अनुसार झन्डै ४६ यात्रु बोकेको डुङ्गा राति ८ बजे नदीमा बालुवाले भरिएको डुङ्गासँग ठोकिएर पल्टिएको थियो । नदी किनारमा डुङ्गा डुबेकाले धेरैजसो यात्रु पौडेर ज्यान जोगाउन सफल भएका थिए भने चार जनालाई जीवितै उद्धार गरिएको थियो ।

अन्तिम अपडेट: असार २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया