पाकिस्तानमा रेल दुर्घटना हुँदा १९ जनाको ज्यान गयो, ५० जनाभन्दा धेरै घाइते

 साउन २१, २०८० आइतबार १७:५७:५९ | एजेन्सी
unn.prixa.net

फाइल तस्बिर

पाकिस्तानको सिन्ध प्रान्तमा रेल दुर्घटना हुँदा कम्तीमा १९ जनाको ज्यान गएको छ । दुर्घटनामा ५० जनाभन्दा धेरै घाइते भएका छन् ।

४५ किलोमिटर प्रतिघन्टाको सामान्य गतिमा गुडरहेको हजारा एक्सप्रेस रेलका आठ वटा डिब्बा लिगबाट बाहिर गएका बीबीसी हिन्दीले जनाएको छ । पाकिस्तानका रेलमन्त्री साद रफिकले १९ जनाको शव भेटिएको र अरूको उद्धार तथा उपचार भइरहेको जानकारी दिनुभएको छ ।

सन् २०२१ को जुनमा सिन्धको डहरकी नजिक दुई वटा रेल आपसमा ठोकिँदा ६५ जनाकाे ज्यान गएकाे थियाे भने एक सय ५० जना घाइते भएका थिए । यस्तै सन् २०१९ को अक्टोबरमा तेजगाम एक्सप्रेसमा आगलागी हुँदा ७५ जना यात्रुको ज्यान गएको थियो ।

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया