पाकिस्तानमा रेल दुर्घटना : कम्तीमा ३० जनाको ज्यान गयो

 साउन २१, २०८० आइतबार २०:४:२ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

पाकिस्तानको सिन्ध प्रान्तमा रेल दुर्घटना हुँदा कम्तीमा ३० जनाको ज्यान गएको छ । दुर्घटनामा ५० जनाभन्दा धेरै घाइते भएका छन् ।

४५ किलोमिटर प्रतिघन्टाको सामान्य गतिमा गुडिरहेको हजारा एक्सप्रेस रेलका आठ वटा डिब्बा लिकबाट बाहिर गएका बीबीसी हिन्दीले जनाएको छ । पाकिस्तानमा रेलमन्त्री साद रफिकले ३० जनाको शव भेटिएको र अरूको उद्धार तथा उपचार भइरहेको जानकारी दिनुभएको छ ।

रेलमा झन्डै एक हजार जना यात्रु थिए । सरकारले नवाबशाह र नजिकैको सिन्ध जिल्लाका अस्पतालहरूमा सङ्कटकाल घोषणा गरेको छ । सामाजिक सञ्जालमा राखिएका भिडिओहरूमा पल्टिएका डिब्बाहरूमाथिबाट केही यात्रुहरू निस्किरहेको देख्न सकिन्छ ।

रेलमन्त्री रफिकले दुर्घटनाको कारणबारे अनुसन्धान गर्नुअघि शुरुमा उद्धारमा ध्यान दिइने बताउनुभएको छ । रेल कराचीबाट एबटाबादतर्फ गइरहेको बीबीसी हिन्दीले जनाएको छ ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया