बैंकहरुको नाफा : कसको कति ?

 साउन २२, २०८० सोमबार १२:४:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - वाणिज्य बैंकहरुले चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेका छन् ।

सार्वजनिक वित्तीय विवरणअनुसार गएको आर्थिक वर्ष २०७९/८० मा २० वटा वाणिज्य बैंकहरुले ७० अर्ब १७ करोड रुपैयाँ खुद नाफा कमाएका छन् ।

अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा बैंकहरुले ५६ अर्ब १७ करोड रुपैयाँ नाफा कमाएका थिए । केही बैंक मर्जपछि सार्वजनिक भएको एकीकृत वित्तीय विवरणमा नाफा बढेको देखिएको छ ।

नेपाल बङ्लादेश बैंकसँग मर्ज भएको नबिल बैंकको नाफा सबैभन्दा धेरै ७६ प्रतिशत बढेको छ । नबिल बैंकले ७ अर्ब ५२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

नबिलपछि ग्लोबल आईएमई बैंकले ७ अर्ब २५ करोड रुपैयाँ नाफा कमाएको छ । तेस्रो स्थानमा रहेको राष्ट्रिय वाणिज्य बैंकले ४ अर्ब ९१ करोड खुद नाफा कमाएको छ । धेरैजसो बैंकको नाफा उल्लेख्य बढे पनि बैंकहरुको प्रतिफल क्षमता भने बढ्ने सकेको छैन । प्रतिसेयर आम्दानी पनि सामान्य बढेको छ ।

प्रतिसेयर आम्दानीका आधारमा एनआईसी एसिया बैंक सबैभन्दा अगाडि छ । यो बैंकको प्रतिसेयर आम्दानी ४० रुपैयाँ २२ पैसा छ । त्यस्तै स्टान्डर्ड चार्टर्ड बैंकको ३७ रुपैयाँ ३९ पैसा र राष्ट्रिय वाणिज्यको ३३ रुपैयाँ ९६ पैसा छ । वाणिज्य बैंकहरुको औसत प्रतिसेयर आम्दानी २१ रुपैयाँ ७४ पैसा छ । 

अन्तिम अपडेट: असार १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया