शीर्ष नेताहरूकाे बैठक निष्कर्षमा पुग्न सकेन, साढे ३ बजे फेरि बस्ने

 साउन २२, २०८० सोमबार १५:९:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – संसद्को गतिरोध अन्त्य गर्न सभामुख देवराज घिमिरेले आह्वान गर्नुभएको बैठक पुनः दिउँसो साढे ३ बजे बस्ने गरी सकिएको छ ।

आज साेमवार सिंहरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरू सहभागी बैठक निष्कर्षमा नपुगेपछि पुनः साढे ३ बजे बस्ने गरी सकिएको हो ।

कांग्रेसका मुख्य सचेतक रमेश लेखकले संसद्को बैठक ४ बजेसम्मका लागि सूचना टाँसेर स्थगित गर्ने र त्यसअघि साढे ३ बजे शीर्ष नेताको बैठक बस्ने जानकारी दिनुभयो ।

आजको प्रतिनिधिसभा बैठक दिउँसो १ बजेका लागि बोलाइएको थियो । एमालेले सुन तस्करी प्रकरणमा छानबिन समिति गठनको माग गर्दै संसदमा अवरोध गर्दै आएको छ ।

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया