विवाहपञ्चमीको अवसरमा जनकपुरधाममा सरसफाइ अभियान
मंसिर १५, २०८१ शनिबार
काठमाण्डाै – शेयर बजार आज साेमवार पनि घटेको छ । हिजो आइतवार साढे ३८ अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से आज तीन दशमलव २१ अङ्कले घटेर दुई हजार ४८ दशमलव २६ अङ्कमा झरेको छ ।
आज अन्य, जलविद्युत्, लगानी र बैंकिङ समूहको शेयर घटेको छ भने अरू समूहको शेयर बढेको छ । सबैभन्दा धेरै छ्याङ्दी हाइड्रोपावरको शेयर साढे छ प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि नेपाल रिपब्लिक मिडियाको शेयर १० प्रतिशत र गुराँस फाइनान्सको शेयर झन्डै १० प्रतिशतले बढेको छ ।
आज दुई सय ६७ वटा कम्पनीका ६६ लाख ४७ हजार कित्ता शेयर कारोबार भएका छन् । एक लाख एक हजार दुई सय वटा कारोबारमा दुई अर्ब ३३ करोड ३५ लाख रुपैयाँको शेयर किनबेच भएको छ । सबैभन्दा धेरै आईएमई लाइफ इन्सुरेन्सको ४३ करोड ६२ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।