एमाले सांसदको अवरोधका कारण संसद् बैठक आज पनि चल्न सकेन

 साउन २२, २०८० सोमबार १७:१७:५० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सुन तस्करी प्रकरणको बारेमा छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग गर्दै नेकपा एमालेका सांसदहरूले आज साेमवार पनि सङ्घीय संसद्का दुवै सदनका बैठक अवरुद्ध पारेका छन् ।

एमालेका सांसदहरूले उठेर विरोध जनाएपछि राष्ट्रियसभाको बैठक आज पनि स्थगित भयो । राष्ट्रियसभाको अर्को बैठक पर्सि बुधवार बस्ने छ ।

यस्तै प्रतिनिधिसभाको बैठक पनि आज बस्दै नबसी स्थगित भएको छ । आज प्रतिनिधिसभाको बैठक बस्न सभामुख देवराज घिमिरेले दुई पटकसम्म शीर्ष नेताहरूबीच छलफल गरे पनि सहमति भएन । दिउँसो १ बजेका लागि तय भएको बैठक सभामुखले सहमतिका लागि भन्दै दिउँसो ४ बजेका लागि सार्नुभएको थियो । सहमति हुन नसकेपछि बैठक भोलि मङ्गलवार दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको छ ।

सुन काण्डमा सरकारले मात्रै छानबिन गरेर सम्भव नभएको भन्दै उच्चस्तरीय छानबिन समिति गठन गरेरै अनुसन्धान गर्नुपर्ने माग गरेर एमालेले यही साउन १० गतेदेखि प्रतिनिधिसभा र राष्ट्रियसभा बैठक अवरुद्ध पार्दै आएको छ ।

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया