पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
नकाठमाण्डौ – सभामुख देवराज घिमिरेले सत्तापक्ष र प्रतिपक्षबीच सहमतिको विकल्प नभएको बताउनुभएको छ ।
सदन सञ्चालन र संसदीय समितिका सभापतिहरूको चयनलगायतका विषयमा प्रमुख तीन दलका शीर्ष नेताहरूसँगको आज सोमवारको दोस्रो बैठकपछि पत्रकारसँग कुरा गर्दै सभामुख घिमिरेले आफूले अधिकतमरूपमा लचिलो भएर दलहरूलाई सहमतिका लागि सकारात्मक दबाब दिइरहेको उल्लेख गर्नुभयो ।
‘आज संसद् बैठक खुलाउन प्रधानमन्त्रीसहित शीर्ष नेताहरूले गम्भीरतापूर्वक छलफल गर्नुभयो तर सत्तापक्ष र प्रमुख विपक्षी दलका नेताहरू पूर्ण निष्कर्षमा पुग्न सक्नुभएन । भोलि मङ्गलवार बिहान साढे १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा सभामुखको समेत उपस्थितिमा बैठक बोलाइएको छ’, उहाँले भन्नुभयो, ‘आशा छ भोलि दिउँसो ३ बजे बस्ने बैठकअघि नै दलहरूबीच सहमति हुनेछ । सहमतिको विकल्प छैन । संसद् अवरोध हुँदा नागरिकका आवाज रोकिएका छन् ।’
सभामुख घिमिरेले सांसदहरूले प्राकृतिक विपद् लगायतका धेरै जनसरोकारका विषय सदनलाई जानकारी दिन नपाएकाले दलहरूबीच आपसी विश्वास, एकता र सहकार्यको पक्षमा आफू उभिँदै आएको जनाउँदै मङ्गलवार पनि सहमति नभएमा सदनको नियमित कारबाहीमा जाने स्पष्ट गर्नुभयो ।
सुन तस्करीका विषयमा छानबिनका लागि उच्चस्तरीय समिति गठनको माग गरेर प्रमुख प्रतिपक्षी नेकपा एमालेले सदनमा अवरोध गर्दै आएको छ । सभामुख घिमिरेले आज दुई पटक नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका नेताहरूसँग बैठक गरे पनि सहमति जुट्न नसकेपछि सूचना टाँसेर प्रतिनिधिसभाको बैठक स्थगन भएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।