पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
काठमाण्डौ – कास्कीको पोखरा महानगरपालिकाको फोहर १३ दिनपछि मंगलवार विर्सजन गरिएको छ । पोखरा–३२ लामेआहालस्थित अस्थायी ल्यान्डफिल साइटमा फोहर पुनः विसर्जन गरिएको हो ।
स्थानीयले अवरोध गरेपछि विगत १२ दिनदेखि फोहर त्यसै थन्किएको थियो । पोखरा बजार फोहरका कारण दुर्गन्धित बन्दै गएपछि जिल्ला सुरक्षा समितिले स्थानीय अवरोध हटाउन पहल गरेको थियो । महानगरका मेयर धनराज आचार्य, उपमेयर मन्जुदेवी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापा, प्रवक्ता मोतीलाल तिम्सिना, फोहर व्यवस्थापन समितिका संयोजक रामचन्द्र अधिकारी, विभिन्न वडाका वडाध्यक्षलगायतको उपस्थितिमा छलफल गरिएको थियो ।
मेयर आचार्यले फोहरमैलाको दिगो व्यवस्थापन गर्न स्थायी प्रशोधन केन्द्र सञ्चालनका लागि जग्गा प्राप्तिको प्रक्रिया शुरु गरिएको जानकारी दिनुभयो । स्थानीयले फोहर विसर्जन गर्न नदिएपछि अदालतसम्म पुगेको यो विषयका सम्बन्धमा उच्च अदालत पोखराले फोहोर विर्सजन गर्ने कार्यमा अवरोध सिर्जना नगर्न आदेश दिएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।