इक्वेडरमा राष्ट्रपतिका उम्मेदवार फर्नान्डोको गोली हानी हत्या

 साउन २५, २०८० बिहीबार ११:२६:९ | उज्यालो सहकर्मी
unn.prixa.net

इक्वेडरमा राष्ट्रपतिका उम्मेदवार फर्नान्डो भिल्लाभिसेन्सियोको गोली हानी हत्या भएको छ ।

राजधानी क्वेटोमा एक विद्यालयमा आयोजित चुनावी र्यालीमा सहभागी भएका फर्नान्डोमाथि आक्रमणकारीले गोली हानेका हुन् । घटनामा केही मानिस घाइते भएका छन् ।

राष्ट्रपतिको पहिलो चरणको चुनाव हुनुभन्दा १० दिनअघि उहाँको हत्या भएको हो । यही अगस्ट २० तारिखमा राष्ट्रपतिको पहिलो चरणको चुनाव हुँदैछ । राष्ट्रपतिको प्रतिस्पर्धामा रहेका ८ जनामध्ये फर्नान्डो एक हुनुहुन्थ्यो ।

वर्तमान राष्ट्रपति गुइलेर्मो लासोले आक्रमणकारीलाई जुनसुकै हालतमा पक्राउ गरी कानुनी कारबाहीमा ल्याउने बताउनुभएको छ । उहाँले उच्च सुरक्षा अधिकारीको आपत्कालीन बैठक समेत बोलाएको सीएनएनले जनाएको छ । 
 

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया