सांसद पक्राउबारे कांग्रेसले भन्याे– ‘पार्टीकाे धारणा पछि सार्वजनिक गर्नेछाैँ’

 साउन २५, २०८० बिहीबार १९:४०:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले पार्टीका सांसद सुनील शर्मालाई प्रहरीले पक्राउ गरेकोबारे जानकारी लिइरहेको बताउनुभएको छ ।

बिहीवार पार्टी सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पार्टी संसदीय दलको कार्यसमितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रमुख सचेतक लेखकले पार्टीले सांसद शर्मा पक्राउबारे जानकारी लिइरहेको र किन र के कारणले पक्राउ गरिएको भन्ने आधिकारिक जानकारी लिइसकेपछि धारणा बनाउने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘सुनील शर्मालाई पक्राउ गरेको बारेमा हामीलाई भर्खर जानकारी भएको छ । के कारणले, किन उहाँलाई पक्राउ गरेको भन्नेबारेमा जानकारी लिइरहेका छौँ । त्यसपछि के का लागि र किन पक्राउ गरेको भन्ने कुरा थाहा पाएपछि यसबारेमा आफ्नो धारणा सार्वजनिक गर्नेछौँ । हाउस चलिरहेको बेलामा देवानी मुद्दामा पक्राउ गर्न पाइँदैन, सरकारवादी फौजदारी मुद्दामा पक्राउ गर्न पाइने हो । कुन फौजदारी मुद्दा हो, के कसुर गरेका हुन् ? के छानबिन गर्ने कुरा हो ? यसमा आधिकारिक जानकारी लिनेछौँ ।’

नक्कली शैक्षिक प्रमाणपत्रकाे आराेपमा सांसद शर्मालाई मण्डिखाटार निवासबाटै आज बिहीवार दिउँसो सीआईबीको टोलीले पक्राउ गरेको हो । उनी मोरङ क्षेत्र नम्बर ३ बाट नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए ।

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया