४७ वर्षपछि रुसले चन्द्रमामा रकेट पठायो : भारतको चन्द्रयान–३ भन्दा छिटो चन्द्रमामा अवतरण हुनसक्ने अनुमान

 साउन २६, २०८० शुक्रबार ८:५८:१३ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

रूसले ४७ वर्षपछि चन्द्रमामा रकेट पठाएको छ । रुसले आज बिहान लुना–२५ रकेट चन्द्रमातर्फ प्रक्षेपण गरेको हो ।

बोस्तोनी कस्मोड्रोमबाट रकेट प्रक्षेपण भएको र यो रकेटले पाँच दिनसम्म सिधा उडान भर्ने समाचार संस्था अल जजिराले जनाएको छ । पाँच दिनमा चन्द्रमाको कक्षमा पुग्नेछ । त्यसपछि ७ देखि १० दिन चन्द्रमाको आसपासमा चक्कर लगाउनेछ ।

अगष्ट २२ तारिख भित्र लुना–२५ चन्द्रमाको सतहमा अवतरण गर्ने अनुमान छ । भारतले एक महिनाअघि पठाएको चन्द्रयान–३ भन्दा रूसी रकेट छिटो चन्द्रमाको सतहमा अवतरण गर्नसक्ने अनुमान छ ।

भारतले पठाएको चन्द्रयान–३ अगष्ट २३ मा चन्द्रमाको दक्षिणी भागमा अवतरण गराउने योजना छ । रुसले सन् १९७६ पछि युरोपेली अन्तरिक्ष एजेन्सीको सहयोग विना नै यो प्रक्षेपण गरेको हो । रुसी अन्तरिक्ष एजेन्सी रोजकोसमोसले प्रत्यक्ष तस्बिर सार्वजनिक गरेको छ । युक्रेनमा आक्रमण गरेपछि रुसमाथिको प्रतिबन्धले उसको अन्तरिक्ष कार्यक्रमलाई समेत असर पुगेको थियो ।

अन्तिम अपडेट: असार १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया