अमेरिकाको पर्यटकीय टापु हवाईमा डढेलोका कारण ५३ जनाको ज्यान गयो

 साउन २६, २०८० शुक्रबार १२:८:० | एजेन्सी
unn.prixa.net

अमेरिकाको हवाई राज्यमा डढेलोका कारण ५३ जनाको ज्यान गएको छ । हवाईको माउइ टापुमा लागेकाे डढेकाे कारण ज्यान गुमाउनेको सङ्ख्या ५३ पुगेको छ भने केही घाइते भएका छन् । त्यहाँ एक हजारभन्दा धेरै मानिस हराइरहेका अनुमान छ । माउइ पर्यटकीय टापु मानिन्छ । मङ्गलवारदेखि शुरु भएको डढेलो फैलिएको छ ।

माउइ टापुसहित हवाईको ठूलो भूभागमा भएको खडेरीका कारण पनि डढेलो लागेको हो । त्यहाँका हजारौँ नागरिकलाई अस्थायी आश्रयस्थलमा सारिएको छ । बिजुलीका पोल ढलेपछि ११ हजारभन्दा धेरै मानिस अन्धकारमा छन् ।

हवाईका गभर्नर जोस ग्रीनले धेरै वर्षपछि मानवीय क्षति भएको बताउनुभएको छ । उहाँका अनुसार एक हजार ७ सयभन्दा धेरै भवनमा क्षति पुगेको छ । ऐतिहासिक सहर लाहैनाको ८० प्रतिशत भाग प्रभावित भएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले माउइ टापुमा लागेको डढेलोलाई ठूलो विपद् घोषणा गर्नुभएको बीबीसीले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया