कांग्रेस सांसदहरूले भने– ‘सुनील शर्माले सुन तस्करीबारे बाेल्दा सरकारले प्रतिशाेध साँध्याे’

 साउन २६, २०८० शुक्रबार १८:८:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली कांग्रेस संसदीय दलको बैठकमा पार्टीका सांसद सुनील शर्मा पक्राउ परेकाे विषयले प्रवेश पाएकाे छ ।

कांग्रेस संसदीय दलको आज शुक्रवार बसेको बैठकमा केही सांसदहरूले सांसद शर्माको सात/आठ वर्षअघिको मुद्दा भएको र अहिले सुन तस्करी प्रकरणका सम्बन्धमा बोलेका कारण सरकारले प्रतिशोध साँध्न पक्राउ गरेको हुनसक्ने भनी टिप्पणी गरेका हुन् ।

पार्टीका प्रमुख सचेतक रमेश लेखकले सांसद शर्मा पक्राउ सम्बन्धमा प्राप्त सूचनाकाे बारेमा र बैठककाे कार्यसूचीकाे बारेमा ब्रिफिङ गर्नुभएको सांसद डिल्लीराज पन्तले जानकारी दिनुभयो । बैठकमा संसद् बैठकको अवरोध, संसदमा विचाराधीन र प्रस्तुत हुनुपर्ने आवश्यक विधेयक, बजेटको प्रभावकारी कार्यान्वयन, संसदमा कांग्रेसको प्रभावकारी भूमिकाकाे बारेमा सांसदहरूले बाेलेका थिए ।

यसैगरी बैठकमा सांसदहरूले अविरल वर्षाका कारण देशभर आएको बाढी पहिरोका साथै डेङ्गु रोग, लम्पी स्किन सङ्क्रमण, आँखा पाक्ने रोगको नियन्त्रण र रोकथाम तथा महँगी नियन्त्रण, सुशासन कायम गर्नेलगायत विषयमा बाेलेका छन् ।

आजकाे बैठकमा झन्डै २० जना सांसदले धारणा राखेका र धारणा राख्ने क्रम बाँकी रहेकाले अर्को बैठक आइतवार दिउँसो १ बजे बस्ने पार्टी कार्यालयले जनाएको छ ।

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया