पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
काठमाण्डौ – एक सय किलो सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा शुक्रवार पक्राउ परेका दुई चिनियाँ नागरिक रिहा भएका छन् । पक्राउ परेका चिनियाँ नागरिकद्वय ली जियाइलियन र लिउ फुयानलाई आज रिहा गरिएको हो ।
दुवै जनाको संलग्नता नदेखिएका कारण रिहा गरिएको प्रहरी प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘अध्यागमन विभागले नाम जुधेर शङ्का लागेका कारण दुवै जनालाई नियन्त्रणमा लिएको हो, सुन तस्करी प्रकरणमा उनीहरुको संलग्नता नदेखिए पछि रिहा भएका छन् ।’
शुक्रवार बिहान चीन जान लागेको समयमा राजस्व अनुसन्धान विभागको अनुरोधमा अध्यागमन विभागले जियाइलियन र फुयानलाई विमानस्थलबाट नियन्त्रणमा लिइ थप अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को जिम्मा लगाएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।