चितवनमा धान उत्पादन घट्यो
मंसिर ६, २०८१ बिहिबार
काठमाण्डाै - आज पश्चिमी क्षेत्रमा आरीघोप्टे वर्षाको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । आज कर्णाली, सुदूरपश्चिम, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा आरीघोप्टे पानी पर्ने अनुमान रहेको मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो ।
आरीले पानी खन्याएझैँ गरी हुने वर्षालाई आरीघोप्टे वर्षा भन्ने गरिएको छ ।
यस्तै, देशका पूर्वी क्षेत्रमा पनि ठूलो वर्षाको सम्भावना छ । आज र भोलि देशका धेरैजसो ठाउँमा लगातारजसो पानी पर्ने मौसमविद् पौडेलले जानकारी दिनुभयो ।
काठमाण्डौ उपत्यकासहित केही ठाउँमा आज दिउँसो दुई/तीन घण्टा लगातार झरी पर्ने सम्भावना रहेको पाैडेलले जानकारी दिनुभयाे । आज राति कोशी, मधेस, बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा अति ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।
मौसमविद्का अनुसार अन्य क्षेत्रमा भने हल्कादेखि मध्यम वर्षाको अनुमान रहेको छ । मनसुनको न्यून चापीय रेखा नेपाल नजिकै रहेकाले मनसुन सक्रिय हुँदा हिजोदेखि देशभर पानी परिरहेको छ । देशभर नै पानी परिरहेकाले बाढी पहिरोसँगै डुबानको जोखिम रहेकाले सावधानी अपनाउन मौसमविद्को आग्रह छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।