चीनमा 'ग्यालिअम' र 'जर्मेनिअम' देशबाहिर पठाउन विशेष अनुमति लिनुपर्ने

 साउन २८, २०८० आइतबार १०:५२:५५ | एजेन्सी
unn.prixa.net

चीनले दुईवटा महत्त्वपूर्ण पदार्थको निर्यातमा कडाइ गर्न थालेको छ । अब चीनबाट ग्यालिअम र जर्मेनिअम देशबाहिर पठाउन विशेष अनुमति लिनुपर्ने छ । ग्यालिअम र जर्मेनिअम विद्युतीय चिप र सैन्य उपकरणको उत्पादनका लागि प्रयोग हुन्छन् ।

अमेरिकाले उन्नत माइक्रोप्रोसेसर प्रविधिमा बेइजिङको पहुँचलाई सीमित पार्न थालेपछि चीनले पछिल्लो कदम चालेको ठानिएको बीबीसीले जनाएको छ । चीन विश्वभरि ग्यालिअम र जर्मेनिअमको सबैभन्दा ठूलो आपूर्तिकर्ता हो । साथै चीनलाई विश्वको दोस्रो ठूलो अर्थतन्त्रका रुपमा लिइन्छ ।

क्रिटिकल रअ मटेरिअल्स अलाइअन्स (सीआरएमए) का अनुसार चीनले विश्वमा प्रयोग हुने ८० प्रतिशत ग्यालिअम र ६० प्रतिशत जर्मेनिअम उत्पादन गर्छ । गएको महिना पेन्टागनका प्रवक्ताले अमेरिकासँग जर्मेनिअमको पर्याप्त भण्डार भए पनि ग्यालिअमको सञ्चिति नभएको बताउनुभएको थियो ।

अन्तिम अपडेट: असार २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया