उड्नै लागेको विमानमा चरा ठोकिएपछि...

 साउन २८, २०८० आइतबार १९:१:५४ | एजेन्सी
unn.prixa.net

बङ्गलादेशको राजधानी ढाकाको हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा उड्न लागेका दुई वटा विमानमा चरा ठोकिएपछि उडान अवरुद्ध भएका तर मानवीय क्षति भने नभएको अधिकारीहरूले बताएका छन् ।

राष्ट्रिय ध्वजावाहक विमान बङ्गलादेश एअरलाइन्सको ब्याङ्कक उड्न लागेको विमानमा चरा ठोकिएपछि एउटा टायर फुटेर उडान अवरुद्ध भएको विमानका एक जना वरिष्ठ चालकलाई उद्धृत गर्दै दैनिक समाचारपत्र डेली स्टारले जनाएको छ । यात्रुलाई वैकल्पिक व्यवस्था गरेर ब्याङ्कक पठाइएको थियो ।

त्यसैगरी फ्लाई दुबईको विमान दुबईतर्फ उड्न लागेका बेला विमानको वाया इन्जिनमा चरा ठोकिएपछि तीन वटा प्रपेलर ब्लेडमा क्षति भएको थियो । विमान उड्न केही सेकेन्ड बाँकी हुँदा अकस्मात् रोक्नुपर्दा दुई वटा पाङ्ग्रा पनि क्षति पुगेकाे थियाे ।

यसअघि गएकाे डिसेम्बरमा पनि यही विमानस्थलमा अवतरणका क्रममा विमानको इन्जिनमा चरा ठोकिएर ड्रिमलाइनर विमानमा क्षति भएको थियो ।

अन्तिम अपडेट: असार २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Buddhi Ram Chaudhary

    Aug. 14, 2023, 3:03 p.m.

    एउटा सामान्य चार ठोकिँदा टायर फुट्नु भनेको plane को टायर कस्तो हुँदो हो कल्पना गरौं । चार ठोकिएर झण सबैको ज्यान बचेछ ।

  •  0 Reply

तपाईको प्रतिक्रिया