अमेरिकाको हवाई राज्यमा डढेलाे : ज्यान गुमाउनेकाे सङ्ख्या ९३ पुग्याे

 साउन २८, २०८० आइतबार १८:५२:५८ | एजेन्सी
unn.prixa.net

अमेरिकाको हवाई राज्यको माउई जङ्गलमा लागेको डढेलोका कारण ज्यान गुमाउनेको सङ्ख्या ९३ जना पुगेको छ । जङ्गलाकाे आगो बस्तीसम्म फैलिँदा ९३ जनाको ज्यान गएको र कैयौँ घाइते भएका बीबीसीले जनाएको छ । झन्डै सय जना मानिस बेपत्ता रहेका छन् ।

विपत्तिको चेतावनी दिने 'इमर्जेन्सी साइरन' नबज्दा जनधनको धेरै क्षति भएको भन्दै स्थानीयले आक्रोश व्यक्त गरेका छन् । डढेलोले ग्रामीण क्षेत्रमा धेरै क्षति भएको छ । केही सहरी क्षेत्रका भवनहरू पनि ध्वस्त भएका छन् । हजारौँ मानिस विस्थापित भएका छन् ।

दुई हजार दुई सयभन्दा धेरै भौतिक संरचना नष्ट भएका स्थानीय अधिकारीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । आगलागीबाट भएको क्षतिको पूर्ण विवरण आउन बाँकी छ ।

आगोमा जलेर ज्यान गुमाएकाहरूको डीएनए परीक्षण गरी परिवारलाई बुझाउन चुनौतीपूर्ण बनेको छ ।

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया