निजी क्षेत्र, गभर्नर र बैंकरसँग अर्थमन्त्रीको छलफल

 साउन २८, २०८० आइतबार १९:३८:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अर्थमन्त्री डा. प्रकाशशरण महतले निजी क्षेत्रका तीन वटा सङ्गठन, गभर्नर र नेपाल बैंकर्स सङ्घका अध्यक्षसँग छलफल गर्नुभएको छ । आज आइतवार उहाँले मन्त्रालयमा बोलाएर अर्थतन्त्र चलायमान गराउने विषयमा निकायहरूसँग छलफल गर्नुभएको हो ।

मन्त्री महतले ब्याजदर घटाउँदै आर्थिक गतिविधि कसरी बढाउने भन्ने विषयमा सरोकारवाला पक्षसँग छलफल गर्नुभयो । बैठकमा नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसङ्घ र नेपाल चेम्बर अफ कमर्सले अर्थमन्त्रीलाई अर्थतन्त्र चलायमान बनाउने गरी काम गर्न आग्रह गर्दै ज्ञापन पत्रसमेत बुझाएका छन् ।

मन्त्री महतले बोलाएको बैठकमा गभर्नर महाप्रसाद अधिकारी, राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्ट, अर्थ मन्त्रालयका वरिष्ठ सल्लाहकार पोषराज पाण्डे, अर्थ सचिव अर्जुन पोखरेल, अर्थ मन्त्रालयको वित्तीय क्षेत्र समन्वय महाशाखा प्रमुख भुपाल बराल, महासङ्घका अध्यक्ष चन्द्र ढकाल, परिसङ्घका अध्यक्ष राजेश अग्रवाल, चेम्बरका अध्यक्ष राजेन्द्र मल्ल र बैंकर्स सङ्घका अध्यक्ष सुनील केसी सहभागी हुनुहुन्थ्यो ।

छलफलमा निजी क्षेत्रले ब्याजदर घटाउने र चालु पुँजी कर्जामा लचिलो हुने गरी नीति लिन माग गरेका छन् । अर्थमन्त्री महतले अर्थतन्त्र चलायमान गराउने गरी उद्योगी व्यवसायीका समस्या समाधान गर्न गभर्नरलाई निर्देशन दिनुभएको छ ।

अन्तिम अपडेट: असोज २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया