जनमत पार्टीबाट अनितादेवी साहले आज मन्त्रीको शपथ लिँदै

 साउन २९, २०८० सोमबार ८:४:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - नेकपा माओवादी केन्द्रले मन्त्री अमनलाल मोदीलाई सरकारबाट फिर्ता बोलाएपछि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी जनमत पार्टीकी अनितादेवी साहले सम्हाल्ने हुनुभएको छ।

साहले आज बिहान १० बजे राष्ट्रपति भवन शीतल निवासमा शपथ लिने कार्यक्रम रहेको जनमत पार्टीका प्रवक्ता डा. शरदसिंह यादवले जानकारी दिनुभयो । जनमत पार्टीको सचिवसमेत रहनुभएकी साह समानुपातिकतर्फ प्रतिनिधि सभाको सांसद हुनुहुन्छ ।

साह जनमत पार्टी स्थापनाकालदेखि नै विभिन्न जिम्मेवारीमा रहेर काम गर्दै आउनुभएको छ । उहाँ किसान आन्दोलनको अग्रमोर्चामा सहभागी हुनुभएको थियो । धनुषाको पार्टी इञ्चार्जको जिम्मेवारीसमेत निर्वाह गरिसक्नुभएकी साहकै नेतृत्वमा धनुषाको पोर्ताहामा किसान आन्दोलन भएको थियो ।

वि.सं २०३९ सालमा औरही गाउँपालिकामा जन्मनुभएकी साहले जनसङ्ख्या विषयमा स्नातकसम्म अध्ययन गर्नुभएको छ ।  साहलाई सरकारमा सहभागी गराउनको लागि सत्तारुढ माओवादी केन्द्रले हिजो सामान्य प्रशासनमन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । सत्तागठबन्धनमा भए पनि जनमत पार्टी सरकारमा सहभागी भएको थिएन । 

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया