संसद् 'हाइज्याक' भयाे : रवि लामिछाने

 साउन २९, २०८० सोमबार १७:५८:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संसद् 'हाइज्याक' भएको बताउनुभएकाे छ ।

आज सोमवार संसद् बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै सभापति लामिछानेले संसद् बैठकलाई सभामुख देवराज घिमिरेले आफू अनुकूल चलाएर 'हाइज्याक' गरेको आराेप लगाउनुभयाे । उहाँले संसद् बैठकमा आफूले सुन्न चाहेको मान्छेलाई बोल्न दिने र अरूलाई बोल्न नदिएको भन्दै बन्द कोठामा बनाइएको योजनाअनुसार संसद् बैठक चलाइएको दाबी पनि गर्नुभयाे ।

सभामुखले संसद्को नियमित प्रक्रियाभन्दा बाहिर गएर बैठक चलाइरहेको भन्दै सभापति लामिछानेले कसका लागि लागि र किन त्यस्तो गरिएको हो भनी प्रश्न गर्नुभयो । उहाँले सभामुखमाथि शङ्काको घेरा देखिएको पनि बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘हामी घोर भर्त्सना गर्न चाहन्छौँ । यसरी मिलिजुली संसद्लाई बन्दी बनाए जसरी बोल्न चाहेका मान्छेहरूलाई बोल्न दिने, आफूले सुन्न चाहेको मान्छेको कुरा सुनिसकेपछि जरजस्ती बन्द गर्ने ।सम्माननीय सभामुखको क्रियाकलाप या सचिवालय क्रियाकलाप हेर्दा यो सदन हाइज्याक भएकै हो । दल छोडेर सदन छिरिसकेपछि, सम्मानित कुर्सीमा बसिसकेपछि दलको बन्न पाइँदैन । व्यवहारले पनि पाइँदैन । क्रियाकलापले पनि पाइँदैन ।’ 

सभापति लामिछानेले आफू आजको संसद् बैठकमा विशेष कुरा बोल्ने महत्त्वपूर्ण तयारी साथ आएको भए पनि बोल्न नपाएको गुनासाे गर्नुभयाे । उहाँले योजनाबद्ध रूपमा प्रमुख प्रतिपक्ष दलले बोलिसकेपछि अरू प्रतिपक्षको पनि आवाज यही हो भन्ने किसिमको भाष्य सिर्जना गर्न खोजिएको बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया