इजरायली सेनाले दक्षिणी लेबनानका नागरिकलाई आफ्नो घर नफर्किन च...
मंसिर १५, २०८१ शनिबार
काठमाण्डौ – प्रधानमन्त्री एवम् नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार भन्दा सुशासन, सामाजिक न्याय र समृद्धि बढी महत्त्वपूर्ण भएको बताउनुभएको छ । आज सोमवार पार्टीको बाग्मती प्रदेश समितिको पाँचौँ पूर्ण बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
उहाँले भन्नुभयो, ‘सुशासन, सामाजिक न्याय र समृद्धिको नारालाई एउटा सङ्कल्पका रूपमा लिएका छौँ । यसरी काम गर्दा जहाँ बेतिथि देखिन्छ, जो कोही पनि नछुटोस् भन्नेमा छौँ ।’ प्रधानमन्त्रीले आफूहरू सही बाटो हिँडेको उल्लेख गर्दै भ्रष्टाचार नियन्त्रणसम्बन्धी कामले सरकार अप्ठेरोमा पर्दैछ भन्ने हल्ला सही नभएको बताउनुभयो ।
उहाँले आफूहरूको कदमले प्रतिक्रियावादीमा एउटा आतङ्क सिर्जना भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘उनीहरूको षड्यन्त्र र घेराबन्दी जति भए पनि हामी अप्ठेरोमा छैनौँ । हामीले शुरुदेखि सुशासन, सामाजिक न्याय, विकास र समृद्धिको पक्षमा नयाँ ढङ्गले काम गर्नुछ ।’
प्रधानमन्त्रीले तीन महिने अभियानले पार्टीलाई नयाँ उचाइमा पुर्याउने दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘हामीले फेरि पार्टी बनाउन सक्यौँ भने देशको आर्थिक समृद्धि, पुनर्निर्माण र सुशासन पनि कायम गर्न सक्छौँ । यो पटक नागरिकमा विकास, समृद्धि, भ्रष्टाचार नियन्त्रण र सुशासनका निम्ति माओवादी जति गम्भीर अरू छैनन् भन्ने नागरिकमा पर्दै गएको छ ।’ उहाँले भर्खरै सम्पन्न केन्द्रीय समितिको बैठकले पार्टी पुनर्निर्माण र रूपान्तरणको नयाँ अभियानबारे गम्भीरतापूर्वक छलफल गरेर निष्कर्ष निकालेको बताउनुभयो ।
केन्द्रीय समितिको बैठकले गरेका निर्णय र त्यसको कार्यान्वयनको प्रश्न सामान्य औपचारिकताको प्रश्न नभएको उहाँको धारणा थियो । बैठकले ती प्रश्नहरूको पार्टीलाई वास्तविक अर्थमा निर्माण गरिछाड्नेबारे सकारात्मक र रचनात्मक जवाफ दिएको प्रधानमन्त्री प्रचण्डको भनाइ थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।