पानी पार्ने प्रणाली कमजोर, काठमाण्डौसहित धेरै ठाउँमा घाम लाग्यो

 साउन ३०, २०८० मंगलबार ७:५६:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै  - देशका धेरै ठाउँ तीन दिनपछि घाम लागेको छ । गएको शुक्रवार रातिदेखि देशभर वर्षा भएको थियो ।

आजदेखि भने लगातार पानी पर्ने सम्भावना नरहेको मौसमविद् रोजन लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार पानी पार्ने प्रणाली कमजोर भएको छ । तत्काललाई ठूलो पानी पर्ने सम्भावना छैन । तर, मनसुनको समय भएकाले केही ठाउँमा हल्कादेखि मध्यम पानी पर्ने सम्भावना भने रहन्छ ।

मनसुनको न्यूनचापीय रेखा नेपाल नजिक हुँदा र भारतको बिहारको उत्तरपश्चिम तथा आसपासमा रहेको न्यूनचापीय प्रणालीको उच्च प्रभाव पर्दा गएको शुक्रवारदेखि आइतवारसम्म लगातार वर्षा भएको थियो । यो प्रणाली कमजोर बन्दा हिजो पनि मौसम बदली भए पनि धेरै ठाउँमा खासै पानी परेको थिएन  ।

पानी पर्न कम भएसँगै नदी तथा खोलामा जलसतह घट्न थालेको छ । यसअघि शुक्रवारदेखिको वर्षाले देशभरका नदी तथा खोलामा बाढी आएको थियो भने तराईका क्षेत्रमा डुबान समेत भएको थियो । यस्तै, पहिरोका कारण विभिन्न सडकमा क्षति पुगेको थियो ।

गएको वैशाख १ गतेदेखि अहिलेसम्म बाढी पहिरो तथा हुरीबतासका कारण ५२ जनाको ज्यान गएको छ । पहिरोमा परेर ३९, बाढीमा ११ तथा हुरीबतास र भारी वर्षाका कारण एक/ एक जनाको ज्यान गएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

अन्तिम अपडेट: असार २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया