रुसको डागेस्तानमा पेट्रोल पम्पमा विस्फोट हुँदा १२ जनाको ज्यान गयो, ६० जनाभन्दा धेरै घाइते

 साउन ३०, २०८० मंगलबार ९:१६:१४ | एजेन्सी
unn.prixa.net

रुसको दक्षिणी क्षेत्र डागेस्तानको एउटा पेट्रोल पम्पमा विस्फोट हुँदा कम्तीमा १२ जनाको ज्यान गएको छ । घटनामा ६० जनाभन्दा धेरै घाइते भएका छन् ।

रुसी अधिकारीहरूका अनुसार ज्यान गुमाउनेमा केही बालबालिका समेत रहेका छन् । ज्यान गुमाउनेको सङ्ख्या २५ जनाभन्दा धेरै हुन सक्ने अनुमान गरिएको छ । तर आधिकारिक पुष्टि हुन नसकेको बीबीसीले जनाएको छ । आगोमा जलेर गम्भीर घाइते भएकाहरूलाई उपचारका लागि राजधानी मस्को लगिएको छ ।

विस्फोटपछि पेट्रोल पम्पमा आगलागी भएको थियो । क्यास्पियन सागरको तटमा रहेको क्षेत्रीय राजधानी मखाच्कला सहरमा भएको विस्फोटको कारण अहिलेसम्म खुल्न सकेको छैन । सयौँको सङ्ख्यामा अग्नि नियन्त्रक परिचालन गरी आगो नियन्त्रणमा लिइएको छ ।

त्यहाँ झण्डै २ सय ६० जना आपत्कालीन कर्मचारीलाई परिचालन गरिएको छ । आगो ६ सय वर्गमिटर क्षेत्रमा फैलिएको छ । मखाच्कला मस्कोबाट झण्डै १६ सय किलोमिटर टाढा पर्छ ।
 

अन्तिम अपडेट: असार २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया