बालेन्द्र शाहलाई अगाडि राखेर मन्त्री र सचिवहरूलाई प्रधानमन्त्रीको निर्देशन– ‘सुकुम्बासी र तीनकुनेको जग्गा समस्या समाधान गर्नू’

 साउन ३०, २०८० मंगलबार १७:५८:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काठमाण्डौ महानगरभित्रका मुख्य दुई वटा समस्या समाधानका लागि मन्त्री र सचिवहरूलाई निर्देशन दिनुभएको छ ।

आज मङ्गलवार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा काठमाण्डौ महानगरका मेयर बालेन्द्र शाह, मुख्यसचिव वैकुण्ठ अर्याल, विभिन्न मन्त्रालयका सचिवहरूलगायतसँग छलफल गर्दै प्रधानमन्त्रीले तीनकुनेमा अधिग्रहण गरिएको जग्गामा देखिएको मुआब्जा समस्या समाधान र काठमाण्डौ उपत्यकाको सुकुम्बासी समस्या व्यवस्थापन गर्न निर्देशन दिनुभएको हो । प्रधानमन्त्रीले भन्नुभयो, ‘सार्वजनिक महत्त्वका विषयको दीर्घकालीन अर्थ हुन्छ, त्यस्ता विषयमा हामीले सबैभन्दा बढी ध्यान दिनुपर्छ । एउटा मन्त्रालय र निकायसँग जोडिएको विषय अन्त सार्ने र समस्याबाट उम्किने काम हामी कसैले पनि गर्नु हुँदैन । त्यसतर्फ तपाईँहरूले ध्यान दिनुस् ।’

छलफलमा उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ, सहरी विकासमन्त्री सीता गुरुङ, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनितादेवी साह, नेपाल सरकारका मुख्यसचिव डा. बैकुण्ठ अर्याल, काठमाण्डौ महानगरका मेयर बालेन्द्र साह, नेपाल सरकारका विभागीय मन्त्रालयका सचिवहरू उपस्थित थिए । 

बैठकमा तीनकुने अधिग्रहण गरिएको जग्गा नेपाल सरकारको नाममा आइसकेको परिस्थितिमा पनि मुआब्जा र समस्या समाधान हुन बाँकी रहेकाले त्यसको दीर्घकालीन समस्या कसरी गर्ने एवम् तीनकुने जडीबुटी अन्डरपासको काम कसरी प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो । 

छलफलमा काठमाण्डौ उपत्यकाको सुकुम्बासी समस्याका समाधानका लागि भएका प्रयासहरू र त्यसलाई निष्कर्षमा पुर्‍याउन अन्तरनिकाय समन्वय प्रभावकारी बनाउने विभिन्न बिकल्पबारे छलफल भएको थियो ।

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • एल डि नेपाल

    Aug. 15, 2023, 6:16 p.m.

    खाेलामाथि घर । जसलाई दलिय ब्यवस्थाकाे चुनाविय भाेट बनाए । सुकुम्बासिलाई लालपुर्जाकाे प्रलाेभन देखाएर कार्यकर्ता भरे । जनचेतना र स्वर जव दलिय बिरुध्दमा एकत्रित हुन थाल्याे अराधीहरुकाे शासनमा ढ्याङ्ग्राे बज्न थाल्याे र त बिस्तारै मानविय खुनले पाेल्दैछ । स्वतन्त्र बालेन शरणमा नगई सुखै भएन ।

  •  0 Reply

तपाईको प्रतिक्रिया