पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
काठमाण्डौ – कक्षा १२ को ग्रेड वृद्धि परीक्षा आगामी असोज ६ र ७ गते सञ्चालन हुने भएको छ । परीक्षाको नतिजा नन ग्रेडेड (एनजी) ल्याएका विद्यार्थीका लागि यो परीक्षा सञ्चालन हुन लागेको हो ।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले कक्षा १२ को परीक्षाफलमा ननग्रेड अर्थात् एनजी ल्याउने विद्यार्थीका लागि मात्र ग्रेडवृद्धि परीक्षा गर्न लागिएको जानकारी दिनुभयो । विगतका वर्षमा दुई वटासम्म विषयमा एनजी आउँदा ती विषयमा मात्रै ग्रेडवृद्धि परीक्षा त्यही वर्ष दिन पाउने र दुईभन्दा बढी विषयमा एनजी आएमा अर्को वर्ष सबै विषयको परीक्षा दिनुपर्ने व्यवस्था थियो । तर, यस वर्षदेखि यो व्यवस्था परिमार्जन गरी जति वटा विषयमा एनजी आएको हो त्यसको मात्र परीक्षा दिन पाउने व्यवस्था गरिएको उहाँले बताउनुभयो ।
यस वर्षको नतिजाअनुसार एक लाख २३ हजार तीन सय ९६ जनाले ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउने भएको अध्यक्ष शर्माले बताउनुभयो । जसमध्ये एक विषयमा मात्र एनजी आउने ७९ हजार पाँच सय ८४ विद्यार्थी रहेका छन्।
लेटर ग्रेडिङ निर्देशिकाअनुसार कुनै विषयमा ३५ प्रतिशत अङ्क पनि नल्याएमा ननग्रेड (एनजी) हुन्छन् । ग्रेडिङ प्रणालीमा पास–फेल छ भने पनि एनजी आएकाहरुले ग्रेडवृद्धि परीक्षामा सहभागी नभइ उच्च शिक्षा अर्थात् माथिल्लो कक्षा अध्ययन गर्न पाउने छैनन् ।
बोर्डले नतिजामा चित्त नबुझेमा १५ दिनभित्र प्रतिविषय पाँच सय रुपैयाँ तिरेर पुनर्योग गराउन सक्ने व्यवस्था गरेको अध्यक्ष शर्माले बताउनुभयो । त्यसमा पनि चित्त नबुझे विद्यार्थीले उत्तरपुस्तिका हेर्न र पुनः परीक्षण गराउन सक्ने पनि व्यवस्था गरिएको छ ।
विद्यार्थीले उत्तरपुस्तिका पुनः परीक्षण गराउँदा पहिले परीक्षण गरेकाभन्दा नयाँ तीनजना परीक्षकबाट जाँच गराउने व्यवस्था गरेको छ । तीन जनाले दिएको नम्बरको औसत निकाल्दा आएको प्राप्ताङ्क पहिलेको भन्दा १० प्रतिशत कम वा बढी भएमा पहिलेकै अङ्क कायम हुनेछ तर १० प्रतिशतभन्दा कम वा बढी भएमा नयाँ अङ्क कायम हुने व्यवस्था गरेको छ ।
राष्ट्रिय परीक्षा बोर्ड सानोथिमिले मङ्गलवार सार्वजनिक गरेको कक्षा १२ को नतिजाअनुसार ४९ दशमलव ०९ प्रतिशत विद्यार्थी अनुत्तीर्ण भएका छन् । विद्यार्थी सबैभन्दा बढी अङ्ग्रेजीमा कमजोर रहेका पाइएको छ ।
यस वर्ष गत वर्षभन्दा तीन प्रतिशतले नतिजामा सुधार आएको बोर्डका अध्यक्ष डा शर्माले जानकारी दिनुभयो । बोर्डका अनुसार परीक्षामा नियमिततर्फ तीन लाख ७२ हजार ६ सय ३७, आंशिकतर्फ ६० हजार नौ सय ५९, ग्रेड वृद्धितर्फ १४ हजार एक सय ३५ र २०७२/७३ को ग्रेडवृद्धितर्फ एक हजार एक सय ६ जना गरी चार लाख ४८ हजार आठ सय ३७ जना सहभागी भएका थिए ।
जसमध्ये नियमिततर्फ एक लाख ८९ हजार सात सय ११, आंशिकतर्फ १८ हजार ३०, ग्रेडवृद्धितर्फ ६ हजार एक सय ४० र २०७२/७३ को ग्रेडवृद्धितर्फ ६ सय ५० जना ग्रेडेड प्राप्त अर्थात् उत्तीर्ण भएका छन् । ५१ जनाको विद्यार्थीको परीक्षा रद्द गरिएको छ भने थप पाँच जनाको परीक्षा रद्द गर्दै आगामी एक वर्षको कुनै पनि परीक्षामा सहभागी हुन नपाउने गरी बोर्डले कारबाही गरेको छ ।
यस वर्षको परीक्षामा ६ हजार नौ सय ७६ अर्थात् १ दशमलव ८७ प्रतिशत विद्यार्थीले ३ दशमलव ६१ देखि ४ जीपीए अर्थात् ‘ए प्लस ग्रेड’ ल्याएका छन् । २०७९ को परीक्षामा भने चार हजार एक सय ७९ अर्थात् १ दशमलव १५ प्रतिशत विद्यार्थीले मात्रै ‘ए प्लस ग्रेड’ ल्याएका थिए । २०७९ मा भन्दा यस वर्ष दुई हजार सात सय ९७ अर्थात् ० दशमवल ७२ प्रतिशत बढी विद्यार्थीले त्यो जीपीए ल्याएका हुन् ।
यस वर्ष परीक्षा दिएका नियमिततर्फ तीन लाख ७२ हजार ६ सय ३७ परीक्षार्थीमध्ये ६ हजार नौ सय ७६ विद्यार्थीले ३ दशमलव ६१ देखि ४ जीपीए ल्याएका छन् । त्यस्तै ३८ हजार नौ सय ९९ जना विद्यार्थीले ३ दशमलव २१ देखि ३ दशमलव ६० जीपीए, ६९ हजार एक सय ७४ विद्यार्थीले २ दशमलव ८१ देखि ३ दशमलव २० जीपीए, ६३ हजार ७७ विद्यार्थीले २ दशमलव ४० देखि २ दशमलव ८० जीपीए, ११ हजार चार सय ३८ विद्यार्थीले २ दशमलव १ देखि २ दशमलव ४० जीपीए र ४७ जना विद्यार्थीले १ दशमलव ६१ देखि २ जीपीए ल्याएका छन् ।
ननग्रेडेड (एनजी) ल्याउने विद्यार्थीको सङ्ख्या गत वर्षको तुलनामा २ दशमलव ८१ प्रतिशतले कमी आएको बोर्डका अध्यक्ष डा शर्माले जानकारी दिनुभयो । गत वर्ष एक लाख ८८ हजार चार सय १० जना अर्थात् ५१ दशमलव ९० प्रतिशत विद्यार्थीले एनजी (अनुत्तीर्ण) ल्याएका थिए भने यस वर्ष ४९ दशमलव ०९ प्रतिशत विद्यार्थीले मात्रै एनजी ल्याएका छन् । गत वर्षभन्दा २ दशमलव ८१ प्रतिशतले एनजी ल्याउने अर्थात् अनुत्तीर्ण हुनेको सङ्ख्या घटेको उहाँले जानकारी दिनुभयो ।
बाेर्डले सार्वजनिक गरेको कक्षा १२ को नतिजाअनुसार अङ्ग्रेजी विषयमा विद्यार्थी सबैभन्दा कमजोर रहेको देखिएको छ । सार्वजनिक भएको नतिजाअनुसार अङ्ग्रेजी विषयमा सबैभन्दा बढी विद्यार्थीको एनजी आएको छ । सबैभन्दा धेरै अङ्ग्रेजीमा एक लाख नौ हजार पाँच सय २७ जना ननग्रेड भएका छन् । दोस्रोमा लेखा विषयमा ५२ हजार ७३ तथा सामाजिक अध्ययनमा ५१ हजार एक सय चार जनाको ननग्रेड आएको छ । सबै विषयमा ३५ प्रतिशत अङ्क ल्याएमात्र ग्रेडेड वा उत्तीर्ण हुने व्यवस्था छ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
Nishant pun
Aug. 16, 2023, 6:13 p.m.पुनर्याेग नतिजाकाे लागि कुन ठाउँमा निवेदन दिनु पर्छ ? हाेला । जान पाए हुन्थ्याे ।