पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
काठमाण्डाै – नेपाली कांग्रेसका नेता एवम् सांसद डा. चन्द्र भण्डारीको हात र पछाडिकाे भागकाे शल्यक्रिया भएकाे छ । झन्डै छ महिना पहिले बुद्धनगरमा रहेकाे आफ्नै निवासकाे भान्साकोठामा ग्यास चुहिएका कारण लागेको आगालागीमा परि घाइते हुनुभएका उहाँको आज बुधवार कीर्तिपुरकाे बर्न सेन्टरमा पाँच घण्टा लगाएर हात र पछाडिको भागको शल्यक्रिया गरिएको हो ।
अस्पतालका प्लास्टिक सर्जन प्रा. डा. शङ्करमान राईले पूर्वनिर्धारित उपचार प्रक्रियाअनुसार नै भण्डारीकाे शल्यक्रिया गरिएको जानकारी दिनुभयो । उहाँको शल्यक्रियाका लागि क्यानडाबाट अमेरिकी मूलका चिकित्सक डा. तिम स्प्रौलसमेत आफ्नै खर्चमा नेपाल आउनुभएको थियो ।
नेता भण्डारीको सर्जरीका लागि प्रा. डा. विडी झाको संयोजकत्वमा विशेषज्ञ टोली गठन गरी उपचार सर्जरी प्रक्रिया अगाडि बढाइएको थियो । विशेषज्ञ टोलीमा डा. प्रदीपराज भण्डारी, डा. तिम स्प्रौल, प्रा. डा. शङ्करमान राई, डा. किरण नकर्मी, डा. विशाल कार्की, डा. अनुप सुवेदी, डा. प्रविण गिरी, डा. प्रज्वल श्रेष्ठ, नर्सिङ सुपरभाइजर सुष्मा डङ्गोल र ह्यान्ड थेरापिस्ट मोहनकृष्ण डङ्गोल रहनुभएको थियो ।
सांसद भण्डारी निकट कांग्रेस नेता माधव न्यौपानेले भण्डारीको पाँच घण्टा लगाएर सफल शल्यक्रिया सम्पन्न भएको र अहिले उहाँलाई होस आएको बताउनुभयो । नेता भण्डारीलाई अहिले आईसीयूमा राखिएको छ ।
भारतमा दुई महिनाभन्दा बढी उपचार गराएर फर्किएपछि उहाँको गएकाे वैशाख १९ गतेदेखि काठमाण्डाैकाे पुरानो बानेश्वरमा रहेको फ्रन्टलाइन अस्पतालमा उपचार भइरहेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।