संरक्षित वन्यजन्तु सालकको खपटासहित एक युवक पक्राउ

 कात्तिक १४, २०७५ बुधबार १२:९:० | उज्यालो सहकर्मी
unn.prixa.net

दोलखा – संरक्षित वन्यजन्तु सालकको खपटासहित एक युवक पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय दोलखाले रामेछाप गोकुलगंगा गाँउपालिका वडा नं. ५ बस्ने २० वर्षीय प्रल्हाद खड्कालाई पक्राउ गरिएको हो । खड्कालाई हिजो अपरान्ह ४ बजे दोलखाको तामाकोशी गाउँपालिका वडा नम्बर ५ बाट पक्राउ गरेको दोलखाका प्रहरी निरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो । 

दोलखा तामाकोशी गाँउपालिका वडा नं ५ मा सालकको खपटा बिक्री वितरणको लागि ल्याउँदै छ भन्ने विशेष सूचनाको आधारमा पक्राउ गरिएको हो । खड्काले मोटरसाइकलबाट ल्याउँदै गरेको संरक्षित वन्यजन्तु सालकको खपटा २ किलो ६ सय ग्राम प्रहरीले नियन्त्रणमा लिएको हो । 

उनीहरुको बा ९१ प ५८४४ नं. र बा ८३ प २९१९ नम्बरको मोटरसाइकलसमेत नियन्त्रणमा लिई थप अनुसन्धानका लागि डिभिजन वन कार्यालय दोलखामा बुझाइएको प्रहरीले जनाएको छ ।


 

अन्तिम अपडेट: पुस ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया