पाेखरामा ६ अर्ब रुपैयाँमा पाँचतारे हाेटल बन्दै, आईपीओ जारी गर्ने

 साउन ३२, २०८० बिहीबार १४:३८:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पोखरामा छ अर्ब रुपैयाँको लागतमा निर्माण भइरहेको पाँचतारे होटल बाराही सेदीले आईपीओ जारी गर्ने भएको छ । पोखराको सेदीमा बाराही समूहले निर्माण गरिरहेको होटलको ४६ प्रतिशत काम सम्पन्न भएको छ ।

छ अर्ब रुपैयाँ लागत अनुमान गरिएको होटलको ५१ प्रतिशत शेयर बाराही समूहको रहेको छ बाँकी ४९ प्रतिशतमध्ये १० प्रतिशत आईपीओमा जाने योजना छ भने ३९ प्रतिशत प्रमोटर शेयर सङ्कलन भइरहेको बाराही समूहका निर्देशक योगेन्द्र थापाले जानकारी दिनुभयो । बाराही सेदी लिमिटेडले गएकाे मङ्सिरदेखि न्यूनतम १० लाख रुपैयाँबाट प्रमोटर शेयर लिन शुरु गरेको हो ।

क्यासिनोसमेत रहने होटलमा १२ सय जना क्षमताको सभाहल निर्माण हुँदैछ । त्याे हल निर्माणपछि नेपालकै ठूलो सभाहल बन्ने बाराही समूहका निर्देशक थापाले दाबी गर्नुभयो । सन् २०२६ देखि सञ्चालनमा ल्याउने योजना रहेको यस लक्जरी रिसोर्टमा हुने सभाहल नेपालकै सबैभन्दा ठूलो बन्ने बताएको छ । होटल ६३ रोपनी क्षेत्रफलमा फैलिएको छ जसमा एक सय ४० वटा अति सुविधायुक्त कोठा, १० वटा राजकीय कोठा, ११ वटा सर्भिस अपार्टमेन्ट रहनेछ । १० वटा प्रेसिडेन्सियल स्विट रुम नेपालमा हुने अन्तर्राष्ट्रिय सभा सम्मेलनलाई मध्येनजर गरेर बनाइएको बाराही समूहले जनाएको छ ।

कम्पनीले वातावणीय प्रभाव मूल्याङ्कन (ईआईए) तथा नक्सा पासलगायतका प्रक्रिया पूरा गरी होटल निर्माण कार्य गरिरहेको थापाले जानकारी दिनुभयाे । ‘सबै प्रक्रिया पूरा गरी काम गरिरहेका छौँ’, उहाँले भन्नुभयाे, ‘पोखरामा विगतमा लक्जरी होटलको अभाव रहेको थियो । सरकारले सन् २०१४ मा आयोजना गर्ने भनेको सार्क समिट सेवा सुविधाको अभावमा आयोजना हुन सकेको थिएन । तर बाराही सेदी सञ्चालनमा आएपछि भने यस्तो समस्या नहुने हाम्रो विश्वास छ ।’

बाराही समूहले अहिले पोखरा, सराङकोट, सौरह र काठमाण्डौमा होटल चलाइरहेको छ ।

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया