पाकिस्तानमा धार्मिक हिंसा भड्किँदा कम्तीमा ३२ जनाको ज्यान गयो
मंसिर ८, २०८१ शनिबार
काठमाण्डौ – नेपाली कांग्रेसका नेता तथा सांसद डा. चन्द्र भण्डारी आज शुक्रवार उपचारपछि कीर्तिपुरमा रहेको बर्न सेन्टरबाट 'डिस्चार्ज' हुनुभएको छ । उपचारमा संलग्न चिकित्सक डा. किरण नकर्मीले शल्यक्रियाबाट स्वास्थ्यमा सुधार देखिएपछि भण्डारीलाई डिस्चार्ज गरिएको जानकारी दिनुभयो ।
‘शल्यक्रियापछि उहाँको स्वास्थ्य अवस्थामा सुधार आएको छ, अब घरमै आराम गर्नुहुन्छ’, उहाँले भन्नुभयो, ‘बिस्तारै बिस्तारै उहाँको स्वास्थ्यमा सुधार हुन्छ ।’ डा. नकर्मीले बाहिर सङ्क्रमणबाट जोगाउनका लागि उहाँलाई दुई हप्तासम्म अन्य व्यक्तिको सम्पर्कमा पनि नआउनसमेत भनिएको बताउनुभयो । उहाँका अनुसार नेता भण्डारीको मङ्गलवार फेरि घाउको 'ड्रेसिङ' गरिनेछ ।
झन्डै छ महिना अगाडि घरमा ग्यास लिक हुँदा आगलागीमा परि घाइते हुनुभएका उहाँको यही साउन ३१ गते छालाको प्रत्यारोपण गरिएको थियो ।
‘जलनको कारणले घाउ भएपछि दाग परेर नेता भण्डारीको हातको मुठ्ठी पार्न गाह्रो भएको थियो’, डा. नकर्मीले भन्नुभयो, ‘दागहरू निकालेर छाला प्रत्यारोपण गरिएको हो ।’
भण्डारीको शल्यक्रियाका लागि क्यानडाबाट अमेरिकी मूलका चिकित्सक डा. तिमोथी स्प्रौलसहित प्रा. डा. बिडी झा, प्रा. डा. शङ्करमान राई, डा. किरण नकर्मी, डा. अनुप सुवेदी, डा. प्रदीप राजभण्डारी, डा. विशाल कार्की डा. प्रविन गिरी, डा. सुष्मा डङ्गोल, मोहनकृष्ण डङ्गोल र डा. प्रज्वल श्रेष्ठ गरी ११ जनाको चिकित्सकको टोली उपचारमा संलग्न रहेको थियो ।
गएको फागुन ३ गते राति आगलागीमा पर्नुभएका सांसद डा. भण्डारीको शुरुमा कीर्तिपुर बर्न सेन्टरमै उपचार गरी थप उपचार भारतको मुम्बईमा रहेको नेसनल बर्न सेन्टरमा गराइएको थियो । भारतमा ७३ दिन उपचार गराएर फर्किएपछि उहाँको गएको वैशाख १९ गतेदेखि काठमाण्डौको पुरानो बानेश्वरमा रहेको फ्रन्टलाइन अस्पतालमा उपचार भइरहेको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।