सरकार ढाल्न र जोगाउन कोशीमा अर्को खेल शुरु, भोलि एमाले र राप्रपाका ८ जना ज्येष्ठ सदस्य अनुपस्थित हुने

 भदौ ३, २०८० आइतबार १९:९:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – संसदीय अङ्क गणित र गठबन्धन संस्कारले सङ्कटमा रहेको कोशी प्रदेशसभामा अर्को खेल शुरु भएको छ ।

यसअघि मुख्यमन्त्री बन्नका लागि उद्धव थापाले सभामुखको समेत हस्ताक्षर प्रयोग गरेको र अर्को पटक मुख्यमन्त्री बन्न सभामुखलाई नै राजीनामा गराएको कोशी प्रदेशमा विपक्षी गठबन्धनले थापालाई विश्वासको मत पाउनबाट रोक्न ठूलो सङ्ख्यामा सांसद अनुपस्थित गराउने तयारी गरेका छन् । एमालेले उपसभामुख सृजना दनुवारलाई अनुपस्थित गराउने डरका कारण सत्ता गठबन्धनले प्रदेशसभाका ज्येष्ठ सदस्य गयानन्द मण्डललाई मन्त्री बनायो । तर सत्ता गठबन्धनले जसरी पनि थापालाई रोक्न मण्डलपछिका आठ जना ज्येष्ठ सदस्यलाई अनुपस्थित गराएर सत्ता गठबन्धन दलकै सांसदलाई सभाको अध्यक्षता गर्ने अवस्था सृजना गर्न लागेको हो ।

भोलि साेमवार दिउँसो १ बजे बस्ने बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेका सात र राप्रपाका एक जना प्रदेशसभा सदस्यले उपस्थित हुन नसक्ने सूचना आज आइतवार नै उपसभामुखलाई दिएका छन् । उपस्थित हुन नसक्ने सूचना दिनेहरूमा एमालेका रोहितबहादुर कार्की, मालतीकुमारी लिम्बु, रामप्रसाद महतो, खड्गबहादुर बस्नेत, तारादेवी ढकाल, किशोरचन्द्र दुलाल र ज्ञानेन्द्र सुवेदी तथा राप्रपा प्रदेशसभा सदस्य गोपालबहादुर विश्वकर्मा रहेका छन् ।

भोलि दिउँसो १ बजे बोलाइएको प्रदेशसभा बैठकमा मुख्यमन्त्री उद्धव थापाले विश्वासको मत लिने कार्यसूची छ । ९३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । सत्ता गठबन्धनसँग ४७ मत मात्र छ । यदि भोलि सत्ता गठबन्धनकै प्रदेशसभा सदस्यले बैठकको अध्यक्षता गर्नुपरे थापाले विश्वासको मत पाउन सक्नु हुन्न । प्रदेशसभा नियमावलीअनुसार बैठकको अध्यक्षता गरेका व्यक्तिले कुनै पनि प्रस्तावमा बराबर मत भएको अवस्थामा मात्र मतदान गर्न सक्ने व्यवस्था छ । विपक्षी सांसद अनुपस्थित भएपछि बराबर मत हुने सम्भावना रहँदैन ।

अन्तिम अपडेट: मंसिर १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  •  0 Reply

तपाईको प्रतिक्रिया