उच्च पहाडी र हिमाली भेगका केही ठाउँमा हल्का हिमपातको सम्भावना
मंसिर १५, २०८१ शनिबार
काठमाण्डौ – कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आज नै विश्वासको मत लिनुहुने भएको छ ।
प्रदेश सभाका उपसभामुख सिर्जना दनुवार बिरामी भएको भन्दै बिदामा बसेपछि मुख्यमन्त्रीले विश्वासको मत लिने योजना अन्योलमा परेको थियो ।
तर कोशी प्रदेशको सत्ता गठबन्धन बैठकले आजै विश्वासको मत लिने निर्णय गरेको कांग्रेस प्रमुख सचेतक भूपेन्द्र राईले जानकारी दिनुभयो ।
आजको बैठक कोशी प्रदेश सभाका अध्यक्षमण्डलका सदस्य इसराइल मन्सुरीले सञ्चालन गर्नुहुने छ।
उपसभामुख दनुवार र अध्यक्ष मण्डलका सदस्यहरु एमालेकी मालती सुब्बा लिम्बू र अमरबहादुर बिष्ट अनुपस्थित हुने भएकाले मन्सुरीको अध्यक्षतामा प्रदेश सभा बैठक बस्ने भएको हो ।
उपसभामुख दनुवार पनि मन्सुरीलाई नै बैठक सञ्चालनको अधिकार दिएर बिदामा बस्नुभएको छ ।
९३ सदस्यीय कोशी प्रदेश सभामा मुख्यमन्त्रीले आफूलाई प्रदेश सभाको विश्वास छ भन्ने प्रमाणित गर्न ४७ प्रदेश सभा सदस्यको समर्थन जुटाउनुपर्छ ।
तर सत्ता गठबन्धनसँग ४७ मत मात्रै छ । कांग्रेसकै सांसदले बैठक संचालन गर्दा उसँग ४६ मत मात्रै हुन्छ ।
प्रदेश सभाको अध्यक्षता गर्ने व्यक्तिले प्रदेश सभामा कुनै प्रस्ताव माथि मत बराबर भएमा मात्र निर्णायक मत दिन पाउने मत पनि छ ।
तर सत्तारुढ गठबन्धनले भने मन्सुरीले बैठकको अध्यक्षता गरे पनि उहाँले मुख्यमन्त्रीलाई विश्वासको मत दिने बताएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।