थाइल्यान्डका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रा १५ वर्षपछि स्वदेश फिर्ता

 भदौ ५, २०८० मंगलबार ९:३३:४६ | एजेन्सी
unn.prixa.net

थाइल्यान्डका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रा स्वदेश फर्कनुभएको छ । उहाँ १५ वर्षको स्वनिर्वासनपछि आज बिहान स्वदेश फर्कनुभएको हो । थाक्सिन सिंगापुरबाट निजी विमान चढेर बिहान डन मुआङ विमानस्थलमा उत्रिनुभएको बीबीसीले जनाएको छ ।

आफ्ना पूर्वप्रधानमन्त्रीलाई घरमा स्वागत गर्दा समर्थकहरूले उत्सव मनाइरहेका छन् । उहाँकी बहिनी एवं पूर्व प्रधानमन्त्री यिङ्गलक सिनावात्राले टिकटकमा विमान चढ्दै गरेको एउटा भिडियो समेत पोष्ट गर्नुभएको थियो । थाइल्यान्डमा सन् २००६ मा भएको सैन्य ‘कु’ बाट उहाँ सत्ताच्युत हुनुभएको थियो ।

सन् २००६ सेप्टेम्बरमा उहाँ संयुक्त राष्ट्र सङ्घलाई सम्बोधन गर्ने तयारीका लागि न्युयोर्कमा हुनुहुन्थ्यो । त्यसबेला सेनाले सत्ता कब्जा गरेको थियो । त्यसपछि उहाँ स्वनिर्वासनमा हुनुहुन्थ्यो । उहाँले लामो समय दुबईमा बिताउनुभएको थियो । यसअघि थाक्सिनले लामो समयदेखि आफू घर फर्कन चाहेको बताउँदै आउनुभएको थियो तर उहाँमाथि विभिन्न आपराधिक आरोप लागेका छन् ।

स्वदेश आइपुगेका उहाँलाई प्रहरीले पक्राउ गर्न सक्ने सम्भावना पनि छ ।

अन्तिम अपडेट: असार २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया