रुसको सुपरसोनिक बमवर्षक विमान युक्रेनी ड्रोनबाट ध्वस्त

 भदौ ५, २०८० मंगलबार १०:१६:१० | एजेन्सी
unn.prixa.net

युक्रेनी ड्रोन आक्रमणमा रुसको लामो दूरीको सुपरसोनिक बमवर्षक विमान ध्वस्त भएको छ। सेन्ट पिटर्सबर्गको दक्षिणमा रहेको सोल्टसी–२ हवाई अखाडामा रहेको टुपोलेभ टीयू–२२ विमानमा आगो लागेको देखिएको छ ।

ध्वस्त पारिएको रुसी टीयू–२२ बमवर्षक विमान ध्वनिको गतिभन्दा दुई गुना बढी गतिमा उडान गर्न सक्थ्यो । रुसले यो विमान युक्रेनका सहरमा आक्रमण गर्न व्यापक रूपमा प्रयोग गर्दै आएको आरोप छ । यो घटनामा कुनै हताहती नभएको तर केही समय मस्कोका तीन ठूला विमानस्थलमा उडानहरू स्थगित गरिएका थिए।

यद्यपि अहिले शेरेमेत्येभो र डोमोडेडोभोका दुई प्रमुख अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनमा आएका छन् । सोल्ट्सी–२ युक्रेनको सीमाबाट झण्डै ६ सय ५० किलोमिटर टाढा छ । रुसी सञ्चारमाध्यमले आक्रमण भएको जानकारी दिए पनि कुनै क्षति नभएको जनाएका बीबीसीले उल्लेख गरेको छ।

अन्तिम अपडेट: असार १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया