वाग्नर समूहका प्रमुख प्रिगोजिन अफ्रिकामा रहेको पुष्टि

 भदौ ५, २०८० मंगलबार १४:३२:३५ | एजेन्सी
unn.prixa.net

फाइल तस्बिर

रुसी भाडाको सेना वाग्नर समूहका प्रमुख येभगेनी प्रिगोजिन अफ्रिकामा रहेको पुष्टि भएको छ । अघिल्लो महिना रुसमा असफल विद्रोह गरेका प्रिगोजिन रहेको स्थानलाई लिएर विभिन्न टिप्पणी भइरहेको बेला उनले एक भिडियोमा आफू अफ्रिकामा रहेको बताएका हुन् ।

वाग्नर समूहको टेलिग्राम च्यानलमा पोस्ट गरिएको भिडियोमा प्रिगोजिन लडाकु पोसाकमा देखिएका छन् । भिडियोमा उनले वाग्नर समूहले अफ्रिकालाई ‘अधिक स्वतन्त्र’ बनाउँदै गरेको उल्लेख गरेका छन् । ‘हामी अफ्रिकी नागरिकलाई न्याय र खुशी दिइरहेका छौँ, इस्लामिक स्टेट र अलकायदाका लागि जीवन कठिन बनाएका छौँ ।’ उनले भनेका छन् ।

अहिले वाग्नर समूहका हजारौँ लडाकु अफ्रिकामा रहेको अनुमान छ । केही देशमा उनीहरू सरकारी सेनाको सहयोगी र केही देशमा विद्रोहीको सहयोगीको रूपमा लडिरहेका छन् ।

भिडियोमा वाग्नर समूहका प्रमुख प्रिगोजिनले आफूहरू अफ्रिकाको स्वतन्त्रताका लागि ५० डिग्रीभन्दा धेरै तापक्रममा लडिरहेको उल्लेख गरेका छन् । यस्तै सबै महाद्वीपमा रुसको प्रभावशाली उपस्थिति आफूहरूको लक्ष्य रहेको पनि उनको दाबी छ ।

अन्तिम अपडेट: असार १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया