उच्च पहाडी र हिमाली भेगका केही ठाउँमा हल्का हिमपातको सम्भावना
मंसिर १५, २०८१ शनिबार
काठमाण्डाै – प्रतिनिधिसभाको बैठक आज मङ्गलवार पनि बस्दै नबसी स्थगित भएको छ । दिउँसो ३ बजेका लागि बोलाइएको बैठक बस्दै नबसी सूचना टाँगेर स्थगित भएको हो ।
सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग गरेर नेकपा एमालेले गएको साउन १० गतेदेखि निरन्तर बैठक अवरुद्ध गर्दै आएको छ । हिजाे साेमवार राति सर्वदलीय बैठकमा उच्चस्तरीय छानबिन समिति बनाउने सहमति भएपछि आज संसद् खुल्ने अनुमान थियो ।
सङ्घीय संसद्का महासचिव भरतराज गौतमले विशेष कारणले बैठक बस्न नसकेको बताउनुभयो । अर्को बैठक भोलि बुधवार दिउँसाे ३ बजेका लागि बाेलाइएकाे छ ।
यसैबीच सुन तस्करी छानबिनका लागि बनाउने उच्चस्तरीय समितिको प्रारम्भिक मस्यौदा तयार भएको छ । सिंहदरबारमा बसेको प्रमुख तीन दलका नेताहरू सम्मिलित कार्यदलले सुन तस्करी छानबिनका लागि उच्चस्तरीय छानबिन समितिको मस्यौदा तयार पारेको हो ।
यस्तै संसद् खुलाउने विषयमा आज शीर्ष नेताहरूको बैठक नबस्ने भएको छ । सुन तस्करी प्रकरणमा छानबिन गर्न उच्चस्तरीय छानबिन आयोग गठन र संसद्को अवरोध खुलाउने विषयमा आज दिउँसो तीन दलका शीर्ष नेताहरू बसेर टुङ्ग्याउने तयारी थियो । तर समय अभावका कारण शीर्ष नेताहरूको बैठक नबस्ने एमालेका प्रमुख सचेतक पदम गिरीले जानकारी दिनुभयो । अब भोलि मात्रै नेताहरू बस्नेछन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।