रवि लामिछाने नेतृत्वको रास्वपा सामाजिक सञ्जालमा मात्रै सीमित : कांग्रेस नेता विश्वकर्मा

 भदौ ५, २०८० मंगलबार १८:५०:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सामाजिक सञ्जालमा मात्रै सीमित रहेको दाबी गर्नुभएको छ ।

आज मङ्गलवार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा पार्टीको सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुखसमेत रहनुभएका नेता विश्वकर्माले कांग्रेस समाजमा जन्मिएको तर राष्ट्रिय स्वतन्त्र पार्टी भने सामाजिक सञ्जालबाट जन्मिएको जिकिरसमेत गर्नुभयो । समाजमा जन्मिएको पार्टी भएको हुनाले कांग्रेसले जन सेवाको कामलाई निरन्तर अघि बढाएको उहाँको भनाइ थियो । नेता विश्वकर्माले कांग्रेस प्रचारमा नभई नागरिककाे सेवा गर्ने काममा केन्द्रित भइरहेको बताउनुभयो । 

उहाँले भन्नुभयो, ‘समाजबाट जन्मिएका पार्टीहरू समाजमै छन् । सामाजिक सञ्जालबाट बनेका पार्टीहरू अझै सामाजिक सञ्जालमै छन् भन्ने हाम्रो बुझाइ छ । हाम्रो पार्टी समाजमै छ र केही पार्टी सामाजिक सञ्जालमा छन् । प्रचारबाजीबाट मात्रै जाने कि वास्तविक नागरिकसँग काम गर्न जाने ?’

नेता विश्वकर्माले कांग्रेसलाई ‘घिउ’ र रास्वपालाई ‘घिउको वासना’ सँग तुलनासमेत गर्नुभयाे । उहाँले नागरिककाे बीचमा गएर काम गरेको हुनाले नै अहिले पनि कांग्रेस देशको सबैभन्दा ठूलो दल बन्न सफल भएको जिकिर गर्नुभयाे ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

2 Comments

  • Jotish Pradip Sarma

    Aug. 22, 2023, 8:37 p.m.

    रविपनि त्यहि सर्कलका हुन्।देश लुटेरामा गाविननै आएका हुन्।रवि भाेलीका दिनमा कस्ताे बन्नेछन्?नेपाली जनताहरूले जान्नेछन्?

  •  0 Reply
  • Jotish Pradip Sarma

    Aug. 22, 2023, 8:33 p.m.

    जय नेपाल!जय विपी! म विपी काेईराला भक्ति नेपाली काङ्रेस हुँ? विश्वकर्मा केन्द्रीय नेता हुन् भन्ने कुरा हामीलाई थाहा नभएकाे हाेईन?मीन विश्वकर्माले कतिवटा झाेले पालेका छन्?भन्ने कुराहरू पनि लगभग थाहा नभएकाे हाेईन?आज ३५ वर्षकाे मेराे जम्मा उमेर भयाे १५ वर्षकाे उमेरबाट मैँले रूखमा राजनितिक गरेर हिँडेकाे हुँ?मीन विश्वकर्माले मलाई सिकाउनु पर्दैनँ?म पनि रूखलाई वडाध्यक्ष देखि संसद सम्मका उम्मेद्वारलाई आफ्नाे क्षेत्रमा म आफू जिताउनेछु भनेर २४ घण्टामा साँढे २३ घण्टा पार्टीकाे लागि खटेर हिँड्ने व्यक्ति हुँ?मीन विश्वकर्मा मात्रै हाेईन?सबै केन्द्रीय नेताहरू हालका गठबन्धन पार्टीका चाेर डाँका फटाहा र कैती गरिब मारा हुन्।किन म याे भन्दछु भने?विपी काेईरालाकाे सिद्धान्त नेपाली काङ्रेस(रूख)ले कति% लागू गर्याे?मदन भण्डारीकाे सिद्धान्त एमालेले कति %लागू गर्याे?माओकाे सिद्धान्त माओवादले कति%लागू गर्याे??यहाँ त केवल गरिक कृषिमुखी जनताहरू र देश लुटेरामात्र छन् !

  •  0 Reply

तपाईको प्रतिक्रिया