पाकिस्तान : जमिनभन्दा २ सय ७४ मिटरमाथि झुन्डिरहेकाे केबलकारबाट २ जना बालककाे उद्धार

 भदौ ५, २०८० मंगलबार २०:३१:४३ | एजेन्सी
unn.prixa.net

पाकिस्तानमा एउटा नदीमाथि आकाशमा झुन्डिरहेको केबलकारबाट दुई जना बालकको १० घण्टापछि उद्धार भएको पाकिस्तानी प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुवै बालककाे स्वास्थ्य अवस्था सामान्य छ । केबलकारमा रहेका पाँच विद्यार्थी र एक शिक्षकलाई पनि उद्धार गर्ने प्रयास भइरहेको पाकिस्तानी प्रहरीले जनाएको छ । केबलकारमा छ जना बालबालिकासहित आठ जना रहेका थिए । ती बालबालिका विद्यालय जान केबलकार चढेका हुन् । तर एउटा तार चुँडिएपछि केबलकार जमिनभन्दा दुई सय ७४ मिटरमाथि झुन्डिरहेको छ ।

उद्धारका लागि केबलकार नजिक सेनाका हेलिकप्टरहरू पुगे पनि तीव्र गतिकाे हावाका कारण समयमा उद्धार हुन सकेको थिएन । हेलिकप्टरका पङ्खाले केबलकारलाई अस्थिर बनाउन सक्ने चिन्ता पनि देखिएको उद्धार कार्यमा संलग्न एक अधिकारीले बताएका बीबीसीले जनाएको छ ।

उत्तरी पाकिस्तानका दुर्गम पहाडी गाउँहरूमा केबलकार नियमित यात्रा गर्ने साधन बनेको छ ।

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया