सर्वाेच्चले भन्याे– ‘कोशीका मुख्यमन्त्रीले लिएको विश्वासको मत संविधान विपरीत’

 भदौ ७, २०८० बिहिबार १८:३३:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सर्वोच्च अदाललते कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत संविधान विपरीत रहेको ठहर गरेको छ ।

नेकपा एमालेका प्रदेश संसदीय दलका नेता हिक्मत कार्कीले दायर गरेको रिटमाथि आज बिहीवार सुनुवाइ गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले मुख्यमन्त्री थापाले लिएको विश्वासको मत संविधान विपरीत रहेको ठहर गरेको हो । सर्वोच्चले कोशी प्रदेश सरकारलाई दीर्घकालीन महत्त्वका कुनै पनि निर्णय नगर्न पनि आदेश दिएको छ ।

सभाअध्यक्षसमेतले दिएको मतलाई संविधानसम्मत भन्न नमिल्ने र यो कदम संसदीय अभ्यास, संवैधानिक नैतिकतालगायत अदालतबाट प्रतिपादित सिद्धान्तसमेतको प्रतिकूल रहेको देखिन आएको आदेशमा उल्लेख छ । सभाअध्यक्ष इस्माइल मन्सुरीले समेत मत दिएपछि कोशी प्रदेशमा कांग्रेसका उद्धव थापाले विश्वासको मत पाउनुभएको थियो । प्रदेशसभामा निर्णयका लागि प्रस्तुत गरिएको जुनसुकै प्रस्ताव निर्णय गर्दा मत बराबर भएको अवस्थामाबाहेक अध्यक्षता गर्ने व्यक्तिलाई मत दिने अधिकार नभएको पनि सर्वोच्चले उल्लेख गरेको छ ।

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया