बाग्मतीमा जलयात्रा सम्पन्न

 भदौ ९, २०८० शनिबार १३:२५:५७ | रासस
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डाै - बाग्मती नदी संरक्षण अभियानलाई प्रभावकारी बनाउनका लागि  बाग्मती नदीमा ‘नदी महोत्सव तथा महाजलयात्रा’ सम्पन्न भएको छ ।

नेपाल एसाेसिएशन अफ र्याफ्टिङ एजेन्सिज (नारा), नेपाल नदी संरक्षण संस्था र फ्रेन्ड्स क्लब कुपण्डोलको आयोजनामा आज बिहान ७ बजे कुपण्डोलमा रहेकाे  बाग्मती पुलछेउबाट सुन्दरीघाटसम्म जलयात्रा गरिएको हो । नाराका उपाध्यक्ष शिशिर खनालले  बाग्मती नदी सभ्यताको पहिचान, संरक्षण र सम्वर्द्धनका साथै र्याफ्टिङ र जल पर्यटनको उजागर गर्नका लागि र नदी महोत्सव तथा महाजलयात्रा गरिएको बताउनुभयो। 

काठमाण्डाै सहरका साथै  बाग्मती नदीको वातावरण दूषित भएको भन्दै २३औँ संस्करणका रुपमा महाजलयात्रा आयोजना गरिएको हो । सामाजिक र धार्मिक इतिहास बोकेको सुन्दर र महत्त्वपूर्ण  बाग्मती नदी ढलमा परिणत भएको भन्दै पछिल्लो समय अभियन्ताले विभिन्न अभियान सञ्चालन गर्दै आएका छन् ।

बाजागाजासहित शुरु भएको जलयात्राले सबैलाई नदी नजिक पुर्याउने, नदीको अवस्था बुझाउने, नदी चिनाउने तथा तिनीहरुको सरोकार राख्ने अवस्था सिर्जना गराएको नाराले जनाएको छ ।

अन्तिम अपडेट: मंसिर ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया