माओवादी र राप्रपाबीच लेनदेन : कोशीमा गठबन्धनलाई सघाउने, केन्द्रमा संसदीय समितिको सभापति

 भदौ १०, २०८० आइतबार १४:५४:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बीच लेनदेनको राजनीति भएको छ ।

कोशी प्रदेशमा सङ्कटमा परेको सरकारलाई साथ दिन राप्रपा तयार भएपछि माओवादीले आफ्नो भागमा परेको संसदीय समितिको सभापति राप्रपालाई दिएको हो । माओवादी सांसद माधव सापकोटाका अनुसार माओवादीको भागमा परेको पूर्वाधार विकास समितिको सभापति राप्रपालाई दिइएको हाे । सहमतिअनुसार अब कोशीमा राप्रपाले सरकारलाई समर्थन गर्नेछ भने सभामुख र मन्त्री पाउनेछ ।

कोशीमा राप्रपाका छ जना सांसद छन् । एक सिट नपुगेर कोशीमा सत्ता गठबन्धन हैरान भएको छ । गठबन्धनले सभाअध्यक्षको समेत मतको दुरुपयोग गरेर कांग्रेसका उद्धव थापाले विश्वासको मत पाएको दाबी गरेको थियो । तर सर्वोच्चले भने थापाले पाएको विश्वासको मत संविधानसम्मत नभएको आदेश दिइसकेको छ ।

राप्रपाले पूर्वाधार विकास समितिमा मकवानपुरबाट निर्वाचित सांसद दीपक सिंहलाई उम्मेदवार बनाएकाे छ । यसअघि पूर्वाधार समिति माओवादीले पाउने समझदारी भएको  थियो ।

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया