आज बालाचतुर्दशी : शिवालयहरुमा रातभर जाग्राम बसेका भक्तजनले श...
मंसिर १५, २०८१ शनिबार
काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशलाई सुशासन र समृद्धिको बाटोमा अगाडि बढाउन आफूले सधैँ राष्ट्रिय सहमतिमा जोड दिएको बताउनुभएको छ । देशलाई स्थिरता, स्थायित्वका साथै समृद्धि र सुशासनको नयाँ यात्रामा लैजानुको विकल्प नरहेको उल्लेख गर्दै उहाँले त्यसका लागि राष्ट्रिय सहमति बनाएर अघि बढ्ने प्रयास आफूले गरिरहेको बताउनुभयो ।
आज आइतवार ललितपुरको भैँसेपाटीमा निर्माण गरिएको प्रदेश प्रमुख र मुख्यमन्त्रीहरूको निवास उद्घाटन समारोहमा प्रधानमन्त्री प्रचण्डले प्रदेश र पालिकाका जनप्रतिनिधिहरूले पनि आफ्नो क्षेत्रमा सामाजिक न्याय, सुशासन र समृद्धिको क्षेत्रको कामलाई प्राथमिकताका साथ अघि बढाउने विश्वाससमेत व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘प्रदेश र पालिकाका जनप्रतिनिधिहरूले पनि आ–आफ्नो कार्यक्षेत्रभित्र सुशासन, सामाजिक न्याय र समृद्धिको यात्रालाई अगाडि बढाउनेमा म विश्वास व्यक्त गर्न चाहन्छु । यो पटक हामीलाई स्थिरता, स्थायित्वका साथै समृद्धिको र सुशासनको नयाँ यात्रामा जानुको कुनै विकल्प हामी छैन । मैले यो पक्षमा एउटा समझदारी बनाएर, राष्ट्रिय सहमति बनाएर अगाडि जाने प्रयास गर्दै आएको छु । हामी बिस्तारै बिस्तारै नेपाललाई एउटा समृद्ध, सुसंस्कृत र सिस्टममा चल्ने, विधि विधानमा चल्ने राष्ट्रको रूपमा विश्वसामु चिनाउनेछौँ भनेर पनि म विश्वास गर्छु ।’
प्रधानमन्त्रीले प्रदेशको काम कारबाहीलाई अझ बढी प्रभावकारी बनाउन पनि प्रदेश प्रमुख र मुख्यमन्त्रीहरूको निवास उपयोगी हुने विश्वास व्यक्त गर्नुभयो । सङ्घीयतामाथि प्रश्न उठाउनेहरूलाई पनि याे निवास निर्माणले बलियो जवाफ दिएको उल्लेख गर्दै उहाँले सङ्घीयताको संस्थागत विकासमा पनि यसले योगदान पुर्याएकाे जिकिर गर्नुभयाे ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।