सर्वाेच्च अदालतमा सुशासन कायम गर्छाैँ : प्रधानन्यायाधीश श्रेष्ठ

 भदौ ११, २०८० सोमबार १३:१०:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले सर्वोच्च अदालतमा सुशासन कायम गर्ने बताउनुभएको छ ।

आज सोमवार सर्वोच्च अदालतमा स्वचालित पेसी तारेख प्रणालीको शुभारम्भ गर्दै प्रधानन्यायाधीश श्रेष्ठले सर्वोच्चमा सुशासन कायम गर्ने बताउनुभएको हो । उहाँले अदालतका काम, कारबाहीलाई प्रविधिमैत्री बनाएर सुशासन कायम गर्ने बताउनुभयो । अदालतमा स्वचालित पेसी तारेख प्रणाली लागू भएसँगै कर्मचारीले उच्च मनोबलका साथ काम गर्नसक्ने प्रधानन्यायाधीश श्रेष्ठकाे विश्वास छ । उहाँले अदालतको काम, कारबाहीमा सुधारको प्रक्रिया अगाडि बढेको भन्दै अझ सुधार हुँदै जाने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अब कर्मचारी साथीहरूले निर्धक्कसँग उच्च मनोबल राखेर काम गर्नलाई स्वचालित पेसी तारेख प्रणालीले मद्दत गर्छ होला जस्तो अनुभूति मलाई भएको छ । विशेष गरेर मुद्दाकाे पेसी व्यवस्थापनदेखि लिएर मुद्दाकाे तारेखदेखि हरेक कुरामा फरक मुद्दा व्यवस्थापन पद्धति लागू गरेका छाैँ । यी सबै कुराहरू प्रविधिमा आबद्ध छन् । प्रविधिमा आबद्ध भएको हुनाले यसले धेरै सुशासनको व्यवस्था गर्छ । यसलाई पूर्ण रूपमा पालना गर्नेतर्फ हामी लागिरहेका छाैँ ।’

प्रधानन्यायाधीशले स्वचालित पेसी तारेख प्रणालीका लागि सर्वोच्च अदालतभित्रैको जनशक्ति प्रयोग गरिएको बताउनुभयो । यो प्रणालीलाई आउँदा दिनमा काठमाण्डाै जिल्ला अदालत हुँदै अन्य अदालतहरूमा पनि लागू गरिने उहाँकाे भनाइ छ ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया