क्रिकेटमा 'रेड कार्ड' पाउँदै मैदान छाेड्ने पहिलाे खेलाडी बने नरायन

 भदौ ११, २०८० सोमबार १४:१७:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – क्रिकेटमा 'स्लाे ओभर रेट' का कारण पहिलाे पटक 'रेड कार्ड' काे प्रयाेग भएकाे छ । वेस्ट इन्डिजकाे क्यारेबियन प्रिमियर लिग (सीपीएल) मा 'रेड कार्ड' काे प्रयाेग भएकाे हाे । 

आइतवार ट्रिनबागाे नाइट राइडर्स र सेन्ट किट्स एन्ड नेभिस प्याट्रियट्सबीचकाे खेलमा राइडर्सले 'रेड कार्ड' पाएकाे हाे । नेभिस प्याट्रियट्सबीचकाे खेलमा बलिङ गरेकाे राइडर्स आफ्नाे अन्तिम तीन ओभरकाे खेल शुरु हुने बेलामा आवश्यक ओभर रेट भन्दा पछि थियाे ।

यही कारण अम्पायरले टिमलाई 'रेड कार्ड' देखाए र कप्तान कायरन पाेलार्डकाे आग्रहमा स्पिनर सुनिल नरायन मैदानबाट बाहिर जानुपर्‍याे । त्यसबेला नरायनले आफ्नाे चार ओभर पूरा गरिसकेका थिए । खेलकाे अन्तिम ओभरमा टिमले १० जना खेलाडीका साथ फिल्डिङ गरेकाे थियाे । याे खेलमा राइडर्स छ विकेटले विजयी भयाे । क्रिकेटमा 'रेड कार्ड' प्रयाेग भएकाे याे पहिलाे पटक हाे ।

यसअघि सीपीएलका प्रतियाेगिता सञ्चालन निर्देशक माइकल हलले पछिल्लो समय टी–२० क्रिकेटको समय बढ्दै गएकाले त्यसलाई नियन्त्रण गर्न 'रेड कार्ड' काे नियम लागू गरिने बताएका थिए ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Ishwor

    Aug. 29, 2023, 8:15 p.m.

    I don’t like this rule

  •  0 Reply

तपाईको प्रतिक्रिया