कांग्रेसले भदाै अन्तिम हप्ता बीपी साहित्य महोत्सव आयोजना गर्ने

 भदौ ११, २०८० सोमबार १७:५०:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली कांग्रेसले संस्थापक नेता विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको जन्मजयन्तीको अवसर पारेर भदाै अन्तिम हप्ता बीपी साहित्य महोत्सव २०८० गर्ने भएको छ ।

कांग्रेसले भदाै २४ गते परेकाे बीपी कोइरालाको ११० औँ जन्मजयन्तीकाे अवसर पारेर बीपी साहित्य महोत्सव २०८० गर्न लागेको हो । कांग्रेस केन्द्रीय कार्यालयको आयोजना र नेपाली लेखक सङ्घको संयोजनमा भदाै २४, २५ र २६ गते केन्द्रीय कार्यालय ललितपुरकाे सानेपामा महाेत्सव हुने पार्टीका सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माले जानकारी दिनुभयो ।

महोत्सवमा सम्भाषण हुने र महोत्सवका सत्रहरू अन्तर्गत मनोविश्लेषणात्मक साहित्य र व्यक्ति सत्ता, साहित्यमा पर्यावरण, समय र सबार्ल्टन, नेपालको मातृभाषा साहित्य, बीपीका आख्यानमा नारी, बीपीका आख्यानमा मधेस, बीपीका दृष्टिमा बीपी, बीपीले नपाएका १५ वर्ष शीर्षकमा चल्ने भएका छन् । त्यस्तै अन्तर्राष्ट्रिय राजनीति र कुटनीतिमा बीपी, समावेशीता, सामाजिक रूपान्तरण र बीपी, युवा पुस्तामा बीपी पठन र परिवारले बुझेका बीपी शीर्षकमा समेत सत्रहरू चल्ने प्रचार विभाग प्रमुख विश्वकर्माले बताउनुभयाे । महोत्सवमा कविता साँझ, गजल साँझ, साङ्गीतिक साँझ, चित्रकला प्रदर्शनी, वृत्तचित्र प्रदर्शनी र ऐतिहासिक फोटो प्रदर्शनीसमेत हुने उहाँकाे भनाइ छ ।

कांग्रेसले महोत्सवमा उपस्थितिका लागि प्राज्ञिक व्यक्तित्व, बुद्धिजीवी, अध्येता तथा राजनीतिका साथै लेखन साहित्यमा रुचि राख्ने सबैलाई अनुरोध गरेको छ । कार्यक्रमको विस्तृत विवरण, निर्धारित विषय, वक्ता एवम् सहजकर्ता र महोत्सवको कार्यतालिका छिट्टै नै सार्वजनिक गर्ने प्रचार विभाग प्रमुख विश्वकर्माले बताउनुभयो ।

अन्तिम अपडेट: असोज १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया