रास्वपाकाे उम्मेदवारी फिर्ता, उद्योग समितिको सभापतिमा जनमतका खान निर्विरोध निर्वाचित

 भदौ ११, २०८० सोमबार १६:१५:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद गणेश पराजुलीले उम्मेदवारी फिर्ता लिएपछि प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा जनमत पार्टीका अब्दुल खान निर्विरोध निर्वाचित हुनुभएको छ ।

समितिको आज साेमवारको बैठकमा रास्वापका उमेदवार पराजुलीले आफ्नो उम्मेदवारी फिर्ता लिएर खानलाई समर्थन गरेको बताउनुभयो । समितिका ज्येष्ठ सदस्य रणेन्द्र बराइलीले समितिको सभापतिमा खान निर्विरोध निर्वाचित भएको घोषणा गर्नुभयो ।

रास्वपाका उम्मेदवारले उम्मेदवारी फिर्ता लिएर सहयोग गर्न आग्रह गर्नुभएकाेमा उम्मेदवार खानले आफूले अल्पसङ्ख्यक समुदायको प्रतिनिधित्व गरेको हुनाले नागरिककाे पक्षमा काम गर्ने हुटहुटी रहेकाे र आफूलाई मत दिएर सभापतिमा चयन गर्न आग्रह गर्नुभएकाे थियाे ।

अन्तिम अपडेट: मंसिर १३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • जन्मेजय यादव

    Aug. 28, 2023, 4:33 p.m.

    सबै भन्दा पहिला उहाँ लाई हार्दिक बधाई दिन चाहन्छु तथा मधेसीको आशाको किरण अहिले जनमत पार्टी रहेकोले नेपाली जनताको हितमा काम गर्नु हुनेछ भने बिश्वास लिएको छु।

  •  0 Reply

तपाईको प्रतिक्रिया